अल्का अस्पतालकी एक कर्मचारीको हत्या

NAWALPUR TIMES

काठमाडौं, २० भदौ । अल्का अस्पतालकी एक कर्मचारीको हत्या भएको छ ।

हत्या गरिएकी ३९ वर्षीय गीता केसीको शव गोदावारी नगरपालिका–१० स्थित लेलेको जंगलमा भेटिएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आशंकामा मृतककी भतिजा निर्मल केसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

उनी केही दिनयता हराइरहेको भन्दै महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ । तत्का खोजी कार्य अगाडि बढाएको प्रहरीले शुक्रबार साँझ सो शव फेला पारेको भए पनि शनिबार मात्रै पुष्टि गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology