समाचार प्रभाव : गाडिएको बाघलाई खाल्डोबाट निकालेर पोस्टमार्टम गरिने

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ५ गते १०:५५
समाचार प्रभाव : गाडिएको बाघलाई खाल्डोबाट निकालेर पोस्टमार्टम गरिने
IMG 20240216 WA0001

कावासोती । नवलपुरको म्ध्यविन्दु-१० अरुणखोलाको जंगलमा मृत अवस्थामा भेटिएको बाघको शनिबार पोस्टमार्टम हुने भएको छ ।

मृत अवस्थामा भेटिएको बाघ सडे गलेको भन्दै डिभिजन वनले शुक्रबार पोस्टमार्टम नगरी गाडेको थियो । संकटापन्न दुर्लभ पाटे बाघको मृत्युको कारण पत्ता लगाउन छोडेर पोस्टमार्टम नगरी बाघ गाडेको समाचार नवलपुर टाईम्समा शनिबार बिहान प्रकाशन भएको थियो । समाचार प्रकाशन पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्देशन पश्चात गाडेको बाघ निकालेर पोस्टमार्टम गर्न लागिएको डिभिजन वन नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले पुष्टि गरे । पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्जका चिकित्सकको टोलि नवलपुर आउदै छ्न । अन्दाजी १०/१२ वर्षको देखिने मृत अवस्थामा फेला परेको बाघलाई मुचुल्का मात्रै उठाएर जमिनमा गाडेर अन्त्यष्टी गरिएको थियो ।

१०६ ईन्च लम्बाइ, ६४ ईन्च गोलाई भएको व्यस्क बाघ मृत अवस्थामा फेला परे पछि घटनास्थल पुगेको डिभिजन वनको टोलिले मुचुल्का गरेर बाघलाई सोही स्थानमा गाडेको हो । सब डिभिजन वन कार्यालयका अरुणखोलाका अधिकृत अर्जुन सापकोटाको उपस्थितिमा बाघको मृत शरीरलाई बिना पोस्टमार्टम गाडिएको थियो ।

प्रकाशित : २०८० फागुन ५ गते १०:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI