पूर्वसभामुख महरासहित प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

NAWALPUR TIMES

पूर्वसभामुख महरासहित प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
thumb

कावासोती । उपप्रधान तथा गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्याम ज्ञवालीसँगको छलफलपछि उक्त निर्देशन दिएका हुन् ।

गृहमन्त्रीका प्रेस संयोजक प्रमोद न्यौपानेले भने, ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको छ । कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।’

सुन तस्करीको छानबिन गर्नका लागि पूर्वन्यायाधीशको नेतृत्वमा गठन गरिएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology