नवलपुर १”ख” मा बाबु-छोराको उम्मेदवारी

NAWALPUR TIMES

नवलपुर १”ख” मा बाबु-छोराको उम्मेदवारी
20221011 163600 scaled

खगेन्द्र पराजुली,नवलपुर ।आसन्न निर्वाचनमा नवलपुरबाट प्रदेश सभातर्फ बाबु–छोराको उम्मेदवारी परेको छ । नेकपा एमालेका तर्फबाट रोशन गाहा मगर र स्वतन्त्रबाट छोरा ईश्वरजंग थापा मगरको नवलपुरको प्रदेशतर्फ क्षेत्र नं. १ को ख मा उम्मेदवारी परेको हो ।

एमालेका रोशन गाहा गण्डकी प्रदेशसभाका निवर्तमान सांसद हुन् भने ईश्वरजंग नेकपा एमालेका पार्टी सदस्य हुन् ।

यस क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल, राप्रपाका रामनाथ उप्रेती, नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो, नेपालको लागि नेपाली पार्टीका खिमबहादुर सुनार, नेपाली काग्रेस(विपी) का गणेश प्रसाद पोख्रेल, मंगोल नेशनल अर्गनाईजेशनका टम बहादुर थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका शिव कुमार बुढा र स्वतन्त्र तर्फका चोकनारायण काफ्ले (नारायण), ठाकुर प्रसाद चापागाई सहित १२ जनाले मनोनयन गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology