जनताका अपेक्षाअनुसार काम भएन, असन्तुष्टि बढ्यो: प्रकाशमान सिंह

NAWALPUR TIMES

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका अपेक्षाअनुसार काम हुन नसक्दा असन्तुष्टि बढेको बताएका छन्।

उनले जनअपेक्षा सम्बोधन हुने गरी सरकार र पार्टीहरूले पनि काम गर्नुपर्ने बताए।

‘जनताका चासो र अपेक्षा बेलैमा सम्बोधन गरेर जानुपर्छ। जनतामा असन्तुष्टि बढ्दो छ,’ कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको पूर्ण बैठकमा बोल्दै आज सिंहले भने, ‘कमजोरी सच्याएर अघि बढ्नुपर्छ।’

जनता असन्तुष्ट हुँदा उपनिर्वाचनमा कांग्रेसले नजिता हासिल गर्न नसकेको उनको भनाइ थियो। समयको मागअनुसार कांग्रेसको कार्यशैली परिमार्जन हुँदै जानुपर्ने पनि उनले बताए।

उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरताका साथ लिनुपर्ने पनि उनले बताए। उनले पार्टी संगठन निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताए।

‘कांग्रेसले पुराना नेता तथा कार्यकर्ताको उचित सम्मान र नयाँ पुस्तालाई पनि साथसाथै लिएर जानुपर्ने हो तर सकेन,’ उनले भने, ‘जनताका जनजीवन पनि अस्तव्यस्त छ। निराशा देखिएका छन्। जनताका समस्या सम्बोधन गरेर जानुपर्छ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology