कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा भाले गैँडा मृत फेला परेको छ ।
शिसवार मध्यवर्ती क्षेत्रको नारायणी नदिमा पर्ने पिप्रहर घाटको पारी निकुञ्ज भित्र अन्दाजी २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार दुईवटा गैँडा आपमा जुध्ने क्रममा गैँडा मरेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताए ।
यो सँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १३ पुगेको छ ।
											
											प्रकाशित :  २०८१ पुष  २२ गते ९:३१
										
										
										
	
										
										  
							 
						
Facebook Comment