गैंडाकोटको कालिका संस्कृत विद्यापिठमा नेविसंघका उम्मेदवार निर्विरोध

NAWALPUR TIMES

गैंडाकोटको कालिका संस्कृत विद्यापिठमा नेविसंघका उम्मेदवार निर्विरोध
thumb

नारायण शर्मा/ पुर्वी नवलपरासी
गैंडाकोटमा रहेको कालिका संस्कृत विद्यापिठको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल निर्विरोध भएको छ । विद्यापिठका निर्वाचन संयोजक नारायणप्रसाद पौडेलले आइतबार दिएको जानकारीअनुसार स्ववियू निर्वाचनमा नेविसंघका विद्यार्थीहरुको मात्र मनोनयन दर्ता भएको छ ।

विद्यापिठका प्राचार्य रामचन्द्र कँडेलले दिएको जानकारी अनुसार स्ववियु निर्वाचनको मनोनयन दर्ता गर्ने समयसीमाभित्र नेविसंघका उम्मेदवारहरुको मात्र मनोनयन परेको छ । त्यहाँ अनेरास्ववियुले संगठन नै दर्ता नगरेको र अखिल (क्रान्तिकारी)ले संगठन दर्ता गरे पनि मनोनयन नगरेको उनले बताए । गैंडाकोट नगरपालिका-६ मा रहेको कालिका विद्यापिठमा स्नातकोत्तर तहसम्म अध्ययन/अध्यापन हुन्छ । त्यहाँको स्ववियु सभापतिमा नारायणप्रसाद बस्याल, सचिवमा अनुप भण्डारी, कोषाध्यक्षमा प्रवेश प्याकुरेल र अन्य ३ सदस्यको मात्र मनोनयन दर्ता भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology