काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

NAWALPUR TIMES

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला
273872964 492181015608686 3894252519323755410 n BlCH3us0V1

काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए।
साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology