नवलपुर महाेत्सवमा देखियो फरक दृश्य, मन्चमा कवि गोष्ठी, साहित्यकारहरु सम्मानित 

रमेश बस्ताकोटी
प्रकाशित : २०८१ फागुन ३ गते २१:१९
नवलपुर महाेत्सवमा देखियो फरक दृश्य, मन्चमा कवि गोष्ठी, साहित्यकारहरु सम्मानित 

कावासोती । महोत्सब भन्नासाथ जो कोहिको दिमागमा विभिन्न सास्कृतिक प्रस्तुति , बिभिन्न खेलहरु ,ब्यापारिक स्टल र अन्य तामझाम को चित्र बन्छ । तर नवलपुरको कावासोतीमा चलिरहेको आठौं नवलपुर महोत्सबमा शनिबार फरक दृश्य देखियो । शनिबार दिउँसो मन्चमा कलाकार , व्यापारी या नेता मात्र थिएनन् ,जिल्लामा लामोसमय देखि साहित्य सेवामा समर्पित साहित्यकारहरुको बाक्लो उपस्थिति थियो । आठाैं नवलपुर महोत्सब अन्तर्गत आयोजकले शनिवार  स्रष्टा सम्मान तथा कवि गाेष्ठीको आयोजना गरेको थियो । कार्यक्रमका संयोजक अग्निधर लुँईटेल अबिरलले साहित्य क्षेत्रलाई महोत्सबमा सहभागी गराउन पर्ने आबश्यकतालाई महसुस गरेर कवि गोष्ठीको आयोजना गरेको बताए  । उनले भने, ‘ महोत्सब भन्ना साथ साहित्यलाई सम्झने कमै हुन्छ , अरुनै कार्यक्रममा मान्छेको ध्यान जान्छ । अलि फरक केही गरौं भनेर यसो गरिएको हो । ‘ साहित्यिक कार्यक्रम भएपनी कविता सुन्ने मान्छेहरुको भिड देख्दा कार्यक्रम सफल भएको महसुस आफुहरुले गरेको उनले बताए ।

कार्यक्रममा साहित्यकार तथा समालाेचक  कृष्णादेबी शर्मा श्रेष्ठ सम्मानित भएकी छन् । शर्मालाई नगद , दाेसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएकाे हाे ।

गाेष्ठीमा कवि दिपक साेती, कवि/समालाेचक सदानन्द अभागी, छन्देली कवि लाेकनाथ खरेल, कवि कवियित्रीहरू मुक्ति ढकाल, हरि ढकाल `रसज्ञ छहरा,´शर्मिला सापकाेटा, आई पि सापकाेटा, शाेभा कंडेल काेईराला, टीका सापकाेटा, सितादेवि पाैडेल, सरला खनाल, एक नारायण चापागाई लगायतले आफ्ना रचना प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा सम्मानित श्रेष्ठले नवलपुर महोत्सबमा गरिएको फरक अभ्यासले आफुलाई खुशी लागेको बताईन् । उनले भनिन् ,’ साहित्यकारहरुलाई मेला आयोजकले कमै सम्झनु हुन्छ , यहाँबाट  सुरुवात भएको छ , यसले निरन्तरता पाउनु पर्छ ।’

माघ २५ गते देखि फागुन १० सम्मलाई कावासाेती- १६, डण्डा स्थित अंकर सामुदायिक वनकाे परिसरमा महाेत्सव चलिरहेकाे छ । नवलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सबका अघिल्ला संस्करणहरुमा पनि साहित्यकारहरुलाई सम्मान गर्ने गरेको र यो त्यसैको निरन्तरता भएको संघका महासचिब सागर पोख्रेलले बताए ।

यस अघिका महाेत्सवमा कवि दीपक साेती र कवि गाेविन्दराज विनाेदीलाई सम्मान गरिएकाे उनले जानकारी दिए ।

संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले समाजका सबै तह र तप्कालाई समेट्ने गरि कार्यक्रमको योजना बनाईएको बताए । उनले महोत्सबलाई सबैले अपनत्व महसुस गरून् भनेरनै कवि गोष्ठीको आयोजना गरेको बताए।

प्रकाशित : २०८१ फागुन ३ गते २१:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI