नवलपुरमा ७०.४५ प्रतिशत विद्यार्थी उतिर्ण, ११ विद्यालयको नतिजा शत प्रतिशत, ९ जनाको नतिजा ४ जिपिए

सन्जय भट्टराई
प्रकाशित : २०८२ असार १४ गते २१:२३
नवलपुरमा ७०.४५ प्रतिशत विद्यार्थी उतिर्ण, ११ विद्यालयको नतिजा शत प्रतिशत, ९ जनाको नतिजा ४ जिपिए

कावासोती । नवलपुरबाट शैक्षिकसत्र २०८१ मा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका ५ हजार ७ सय ७० विद्यार्थी मध्ये ७०.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठ अनुसार नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ल्याउने ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म ल्याउने २८ जना रहेका छन् । त्यसैगरी प्रकाशित नतिजा अनुसार १.६ देखि २.० जीपीएसम्म ल्याउने ० जना र नन ग्रेडिङ ल्याउने १ हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन् ।.

Messenger creation 8CE54234 73E3 4708 AC00 5943F31A4F52

श्रेष्ठका अनुसार जिल्लाबाट शैक्षिकसत्र २०८१ मा ८७ सामुदायिक, ४९ संस्थागत, ५ वटा धार्मिक तथा १ वटा खुल्ला विद्यालय गरि १४२ विद्यालयका ५ हजार ७ सय ७० विद्यार्थी परीक्षा मा सहभागी भएका थिए ।

यसै बिच राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार नवलपुरका ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख श्रेष्ठका अनुसार सामुदायिक विद्यालयका ५ जना र संस्थागत विद्यालयका ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन ।
शुक्रबार प्रकाशित नतिजा अनुसार ज्ञानोदय माध्यमिक विद्यालय कावासोती–८ का आयुष ढकाल, नवजागरण माध्यमिक विद्यालय चोरमाराकी अनुस्का बस्याल, सरस्वती साधारण तथा संस्कृत माध्यमिक विद्यालय हुप्सेकोटकी जस्मिन कंडेल, विश्वज्योती माध्यमिक विद्यालय प्रगतिनगरकी लक्ष्मी श्रेष्ठ र सुस्मिता केसी, जनज्योति नमुना माध्यमिक विद्यालयकी अन्जु श्रेष्ठ, जनता मा.वि. हर्कपुर की अंकिता अधिकारी, ब्लुस्टार माध्यमिक विद्यालय दुम्किबासकी बृन्दा गुप्ता र मुनलाईट आदर्श पब्लिक एकेडेमी देवचुलीकी रोशा नेपालीले ४ जिपिए प्राप्त गरेका हुन ।

Messenger creation 7915D2F0 C284 4081 97C4 CBC64464415B

शुक्रबार प्रकाशित नतिजा अनुसार जिल्लामा ११ वटा विद्यालयले शत प्रतिशत नतिजा हासिल गरेका छ्न । बौदीकालीको बेलभन्ज्याङ माध्यमिक विद्यालय, विनयी त्रिवेणीको ब्लुस्टार माध्यमिक विद्यालय, देवचुलीको मुनलाईट आदर्श पब्लिक एकेडेमी दलदले र वाईभिजन ईङ्गलिस बोर्डिङ स्कुल रजहर, कावासोतीका सिद्धार्थ आवासीय माध्यमिक विद्यालय, नोबेल एकेडेमी, सेन्टजोसेफ ईङ्गिलस स्कुल, गण्डकी आवासीय माध्यमिक विद्यालय, लर्डबुद्ध माध्यमिक विद्यालय र गैँडाकोटको किड्स होम एकेडेमीले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गरेका हुन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार जिल्लाका आठ वटा स्थानीय तहमा बौदीकाली गाउँपालिकाबाट सहभागी भएका १३० जना परीक्षार्थी मध्ये एक सय १४ जना उत्तीर्ण भएका छन् । जस अनुसार बौदीकालीले ८७.६९ प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । त्यसैगरी कावासोती नगरपालिकाबाट एक हजार एक सय ३२ जना सहभागी भएकोमा एक हजार ६१ जना अर्थात ८६.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् भने देवचुली नगरपालिकाबाट एक हजार ३७ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । उनीहरु मध्ये ८ सय ३३ जना अर्थात ८०.३३ प्रतिशत, गैंडाकोटबाट सहभागी भएका एक हजार एक सय २३ मध्ये ८ सय ५७ जना अर्थात ७६.३१ प्रतिशत, हुप्सेकोटबाट सहभागी भएका ४ सय २९ मध्ये २ सय ६७ जना ६२.२४ प्रतिशत उत्तीर्ण भएका छन् ।

मध्यविन्दु नगरपालिकामा ५४.६७ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । त्यहाँबाट ८ सय ४० जना विद्यार्थी सहभागी भएकोमा ४ सय ६३ जना उत्तीर्ण भएको पालिकाले जारी गरेको नतिजा विवरणमा उल्लेख गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाबाट यस वर्षको परीक्षामा ६ सय ८३ जना सहभागी भएकोमा ५१.३९ प्रतिशत अर्थात ३५१ जना परीक्षार्थी उतिर्ण भएका हुन् भने बुलिङ्गटारमा ५१.०४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

बुलिङटारबाट एक सय ९२ जना परीक्षार्थी सहभागी हुँदा जम्मा ९८ जना मात्र उत्र्तीण भएका हुन् । शैक्षिकसत्र २०८० मा भन्दा शैक्षिकसत्र २०८१ मा नवलपुरको नतिजा निक्कै उत्साह जनक देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शैक्षिकसत्र २०८० मा ४७.९२ प्रतिशत विद्यार्थी हुँदा शैक्षिकसत्र २०८० मा नतिजा बढेर ७०.४५ प्रतिशत पुगेको हो ।

जिल्लाका चार पालिकाको नतिजा भने राष्ट्रिय मापदण्ड भन्दा कम रहेको पाइएको छ । बुलिङटार ५१.०४ , विनयी त्रिवेणी ५१.३९, मध्यविन्दु ५४.६६ र हुप्सेकोट ६२.२४ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् ।

राष्ट्रिय स्तरमा ६२. ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित : २०८२ असार १४ गते २१:२३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI