कावासोती । नवलपुरको गैँडाकोट मंगलबार भएका दुईवटा छुट्टाछुट्टै दुर्घटनामा ५ जना घाईते भएका छ्न ।
गैंडाकोट नगरपालिका-१ को १ मौलाकालिका सडक खण्डमा चितवनबाट मौलाकालिका मन्दिर तर्फ जाँदै गरेको ना ३८ प ११८२ नं.को मोटरसाईकल र मिलन चोक बाट सस्तो बजार तर्फ बाट आउदै गरेको प्र.३-०१-०१३ प ५६९९नं.को मोटसाईकल एक आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा भरतपुर-१० का मनिस पाठक र तिर्थ पाठक तथा प्र.३-०१-०१३ प ५६९९नं.को मोटसाईकलमा सवार गैंडाकोट-१ का हरि कुमार श्रेष्ठ घाईते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको छ ।
त्यसै गरि मंगलबार दिउँसो १२ बजेको समयमा गैंडाकोट-९ को थुम्सी जंगलमा भेडाबारी बाट चितवन तर्फ जाँदै गरेको प्र.२. ०३-००१क १३७२ नं. को जे.सि.बि. लाई सोहि दिशाबाट आईरहेको ग.प्र.०४-००१प ०४२९ न.को मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा जे.सि.बि.को बकेटमा मोटरसाइकल ठोकिदा मोटरसाईकल चालक गैडाकोट-११ भेडाबारी बस्ने राज कुमार बरुवाल र मोटरसाइकलमा सवार अमृता बरुवाल घाईते भएका प्रहरीले जनाएको छ । दुवै घाईतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ वैशाख २३ गते १६:५४
Facebook Comment