कावासोती । विद्यालयबाट संस्थागत सहभागी हुने विद्यार्थीहरुका लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्रै लाग्ने भएको छ ।
नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले आईतबार देखि विद्यालयबाट संस्थागत रुपमा सहभागी हुन आउने विद्यार्थीहरुको महोत्सव प्रवेश शुल्क ३० रुपियाँ कायम गरिएको जानकारी दिए ।
महोत्सवको सुरुवातबाटै विद्यार्थी परिचयपत्रका आधारमा ६० रुपियाँ शुल्क राखेको आयोजकले आईतबार देखि विद्यालयबाट संस्थागत सहभागिता हुन आउने विद्यार्थीका लागि प्रवेश शुल्क ३० रुपियाँ राखिएको हो ।
शुल्कमा गरिएको छुटले नवलपुरको कृषि, उद्योग,कला संस्कृति बारेमा जानकारी लिन विद्यार्थीहरुलाई थप सहयोग हुने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए ।
प्रकाशित : २०८१ फागुन ३ गते २१:५८
Facebook Comment