मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो । त्यस्तै नासों गाउँपालिका १, ताल...