काठमाडौं : आईसीसी टी–२० विश्व कपको समूह ‘दुई’ अन्तर्गत आइतबार न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । एकदिवसीय विश्व कपको उपविजेता न्युजिल्यान्ड र भर्खरै विश्व कपमा लगातार स्थान बनाउन थालेको अफगानिस्तानबीच हुने आजको खेलको रौनक यसको नतिजामा मात्रै सीमित हुनेछैन ।...