काठमाडौं : भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो। नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी...