जिएम कप भलिबल : लिग चरणका पाँच खेल सम्पन्न

जिएम कप भलिबल : लिग चरणका पाँच खेल सम्पन्न

कावासोती ।  नवलपरासीकाे कावासाेतीमा दाेश्राे जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिताका  ५ खेल सम्पन्न भएकाछन् ।

प्रतियोगिताकाे लिग चरण खेल अन्तर्गत तेश्राे,चाैंथाे र पाचाैं खेलमा काेशी प्रदेश, विभागीय टिम नेपाल आर्मी र एपिएफ टिम बिजयी भएका हुन् ।

शुक्रबार दाेश्राे दिनकाे पहिलाे खेलमा काेशीले बाग्मती प्रदेशलाई १९,१७ र १३ काे साेझाे सेटमै पराजित गरेकाे छ भने आर्मीले मधेश प्रदेश टिमसंग १२,११ र १५ मा जित निकालेकाे थियाे ।

त्यसै गरि एपिएफ र सुदुर पश्चिम प्रदेश बीचकाे खेलमा २५,२६ र २५ काे साेझाे सेटमै एपिएफले सुदुर पश्चिमलाई १५,२४ र १३ अंकले पछाडि पारेकाे अन्तर्राष्ट्रिय रेफ्री एवं रेफ्री डेलिगेट तहल सिंह रानाले बताउनु भयाे ।

सुदुर पश्चिम र एपिएफ बीचकाे खेलमा एपिएफका ८ नम्बर जर्सीधारी खेलाडी सराेज बर्देवा म्यान अफदि म्याच घाेसित भएका थिए ।
बिहिवार प्रतियोगिताकाे उद्घाटन खेल नेपाल पुलिस र काेशी प्रदेश बीच भएकाे थियाे । दाेश्राे खेल  मधेश र कर्णाली बीच सम्पन्न भएकाे हाे । जसमा पुलिस र कर्णाली प्रदेश बिजयी भएका थिए ।

देशका सातै प्रदेश,पुलिस,आर्मी र एपिएफ सहितका १० टिमकाे सहभागिता रहेकाे जिएम कप भलिबल प्रतियोगिता चैत ३ गते सम्म संचालनमा रहने बताईएकाे छ ।

जिएम साेसाइटी कावासाेती र जिल्ला खेलकुद बिकाश समिति नवलपुरकाे आयाेजनामा कावासाेती नगरपालिका सह आयाेजक तथा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश प्रबर्द्धक रहेकाे प्रतियोगिताकाे प्रथम हुने बिजेता टिमले शिल्ड प्रमाणपत्र सहित ३ लाख रूपैयाँ हात पार्ने छ ।

यसै गरि भलिबल प्रतियोगितामा दाेश्राे हुने टिमले २ लाख, तेश्राे हुनेले १ लाख र सान्त्वना स्थान हासिल गर्नेले ५० हजार तथा उत्कृष्ट खेलाडी र बिधागत गरि क्रमशः १० हजार र ५ हजार रूपैयाँ प्राप्त गर्ने आयाेजक जिएम समाजले जनाएकाेछ ।

शनिबार पुलिस र बाग्मती, आर्मी र कर्णाली तथा गण्डकी र लुम्बिनी बीच प्रतियोगिताकाे छैठौं,साताैं र आठौं खेल अन्तर्गतका राेमाञ्चक प्रतिष्पर्धाहरू हुने बताईएकाे छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology