प्रतिनिधिसभा निर्वाचनमा नवलपुर–१ कांग्रेसको विरासत, वामको चुनौती र रास्वपाकाे परीक्षा
कावासोती । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर १ निर्बाचन क्षेत्रमा डा. शशांक कोइरालाकाे अनुपस्थितिले कांग्रेसलाई विरासत जोगाउने चुनौती, एमालेको जितको आकांक्षा, नेकपाको पुनरुत्थान प्रयास र रास्वपाको वैकल्पिक राजनीतिबीच कडा चारदलीय प्रतिस्पर्धा जन्माएको छ।
राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको यो क्षेत्र विशेष गरी नेपाली कांग्रेसले २०४८ सालदेखि यस क्षेत्रमा निरन्तर प्रभुत्व कायम राख्दै आएको छ, जुन क्रम २०६४ पछि डा. शशांक कोइरालाको नेतृत्वमा अधिक मजबूत भएको थियो। उनले १८ बर्षमा चार पटक यस क्षेत्रबाट विजयी भएर एक प्रकारले यसलाई ‘कोइराला गढ़’ बनाइदिए।
यस क्षेत्रको विगतमा कांग्रेसका सुर्य भक्त अधिकारी, महेन्द्र ध्वज जिसी, र दामोदर बस्ताकोटी नेताहरू यहाँबाट निर्वाचित भएका थिए। तर २०६४ देखि कोइरालाले चार चुनावमा दुई पटक माओवादी र दुई पटक नेकपा एमालेसँग प्रतिस्पर्धा गरेर विजय हात पारेका थिए। यसले क्षेत्रमा वामपन्थी दलहरूको पनि मजबूत उपस्थिति रहेको संकेत गर्दछ।
२०६४ मा कोइरालाले १७,४३० मत ल्याउँदै माओवादी उम्मेदवार ठाकुर प्रसाद चापागाईलाई पराजित गरेका थिए भने एमाले तेस्रो स्थानमा रहेको थियो। २०७० मा एमाले दोस्रो स्थानमा उक्लिएको देखियो, काेईरालाले १८२२८ मत प्रात गरि दाेस्राे पटक बिजय हुदा एमालेका उम्मेदवार दिपक अधिकारीले १२११० मत प्रात गरेका थिए ।
२०७४ को चुनावमा एमाले र माओवादीको गठबन्धनका भबेश्वर पराजुलीले ३६,५९६ मत ल्याए पनि कोइरालाले ४०,६२० मत ल्याएर पुन तेस्राे पटक विजय हात पारे। २०७९ को नतिजाले त नवलपुर–१ को राजनीतिक परिदृश्य नै बदलिएको संकेत दियो। कोइरालाले २७,०६७ मत ल्याएर पुन चाैथाे पटक बिजय भएका थिए भने एमालेका कृष्ण पौडेलले २५,०४७ र रास्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४,३०५ मत प्राप्त गरे। यसले क्षेत्रमा तीन पार्टीबीच प्रतिस्पर्धाको नयाँ त्रिकोणीय प्रतिस्पर्धा नै बनेकाे थियाे
कोइरालाको निर्वाचन क्षेत्र छोडेपछि अब कांग्रेसलाई आफ्नो ‘बिरासत’ जोगाउने चुनौती थपिएकाे छ।
यसैबीच, एमालेले लगातार हार पछि आफ्नो आधार विस्तार गर्ने रणनीति बनाएको देखिन्छ। २०७९ मा दोस्रो स्थानमा रहेका एमाले यस पटक विजयी हुने आशावादीमा छन्। रास्ट्रिय स्वतन्त्र पार्टीले पनि अघिल्लो पटकको पराजयको बदला लिने दाउमा रहेको छ। उनीहरूको उम्मेदवार राजन गौतमले २०७९ मा तेस्रो स्थान लिए तापनि कोइरालासँग मात्र २,७६२ मतको मात्रै मतान्तर रहेको थियो।
नेपाली कम्युनिस्ट पार्टी अहिले जेन्जी आन्दाेनपछि राजनीति र मतदाता फेरीएकाे भन्दै मतदाता संख्या बढाएर विजयी बन्ने आशामा सक्रिय छन् यसरी नवलपुर–१ मा सबै चार दलले आफ्नो रणनीति र प्रतिस्पर्धा व्यापक बनाइरहेका छन्।
काङ्ग्रेस , एमाले , रास्वपा र नेकपा यस पटकको चुनावमा मतदाताको निर्णय, दलहरूको रणनीति, र स्थानीय नेताहरूको सक्रियता नवलपुर–१ को भविष्य निर्धारण गर्ने प्रमुख कारक हुनेछ। कोइरालाको अनुपस्थितिमा नवलपुरकाे राजनीतिक गतिशीलता कसरी बदल्छ भन्ने कुरा नै चुनावको मुख्य केन्द्रविन्दु बन्नेछ। कांग्रेसले आफ्नो उम्मेदवार नयाँ अनुहारलाई चुनाबी मैदानमा उतारेकाे छ ।
यस क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा मात्र होइन, विकासको मुद्दा, स्थानीय समस्याहरू, र युवाको आकाङ्क्षा पनि चुनावी एजेन्डा बनेका छन । मतदाताहरू अब केवल पार्टीको प्रतिष्ठामा मात्र होइन, उम्मेदवारको व्यक्तित्व, क्षमता, र क्षेत्रको विकासको लागि उनको दृष्टिकोणमा पनि मतदान गर्नेछन्। नवलपुरका १६ जना उम्मेदवार अहिले आफ्ना एजेन्डा लिएर घर दैलाेमा भाेट माग्न ब्यस्त छन
कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरे: युवा पुस्तामाझ लोकप्रिय, संगठनमा सक्रिय नेता र प्राध्यापक
नेपाली कांग्रेस नवलपुर निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार बालकृष्ण घिमिरे पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा स्थापित हुँदै गएका छन्। पेशाले प्राध्यापकसमेत रहेका घिमिरे बौद्धिक, शालीन र संगठनप्रति प्रतिबद्ध नेताका रूपमा कांग्रेसभित्र परिचित छन्।
घिमिरे हाल नेपाली कांग्रेस नवलपुरका उपसभापति हुन्। पार्टी संगठन विस्तार, विचार निर्माण र कार्यकर्ता परिचालनमा सक्रिय भूमिका खेलेका उनी लामो समयदेखि कांग्रेस राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। शिक्षण पेशासँगै राजनीतिलाई समाज रूपान्तरणको माध्यमका रूपमा लिएका घिमिरे युवाहरूलाई राजनीति प्रति आकर्षित गर्न सफल नेतामध्ये एक मानिन्छन्।
विशेषगरी पछिल्लो समय चर्चामा रहेको नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा उनले नवलपुरमा महत्वपूर्ण भूमिका खेलेका थिए। विशेष महाधिवेशनको मागलाई संस्थागत रूपमा अघि बढाउन उनले ‘क्याप्किङ’ अभियान सञ्चालन गर्दै हस्ताक्षर संकलनदेखि कार्यकर्तालाई महाधिवेशनमा सहभागी गराउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। यस क्रममा उनले पार्टीभित्र विचार, विधान र संगठन सुधारको आवश्यकता रहेको विषयलाई स्पष्ट रूपमा उठाउँदै आएका थिए।
घिमिरेको यो सक्रियताले उनलाई पार्टीभित्र मात्र होइन, आम मतदातामाझ पनि ‘सिद्धान्त र व्यवहार दुवैमा स्पष्ट नेता’का रूपमा चिनाएको छ। उनी कांग्रेसलाई व्यक्तिकेन्द्रितभन्दा संस्थागत र नीतिनिर्देशित पार्टीका रूपमा अघि बढाउनुपर्ने पक्षमा खुला रूपमा बोल्ने नेतामध्ये पर्छन्। नवलपुर–१ मा कांग्रेसको उम्मेदवारका रूपमा मैदानमा उत्रिएका घिमिरेले शिक्षा, रोजगारी, सुशासन र युवामुखी विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। “राजनीति सत्ता प्राप्तिको साधन मात्र होइन, समाजलाई सही दिशामा डोर्याउने माध्यम हो,” भन्ने उनको अभिव्यक्ति कार्यकर्ता र मतदातामाझ चर्चित छ।
स्थानीय तहदेखि संघीय तहसम्म नवलपुर–१ ले भोग्दै आएका विकासका समस्या, युवाको पलायन, शिक्षाको गुणस्तर र रोजगारीका अवसर सिर्जनालाई केन्द्रमा राखेर उनी घरदैलो अभियानमा सक्रिय छन्। कांग्रेसभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला बालकृष्ण घिमिरेलाई नवलपुर–१ मा युवा पुस्ताको भरोसायोग्य प्रतिनिधिका रूपमा हेरिन थालिएको छ। आगामी निर्वाचनमा उनी कति सफल हुन्छन् भन्ने कुरा मत परिणामले तय गर्नेछ,
एमालेका उम्मेदवार भागिरथ सापकोटाः विद्यार्थी आन्दोलनबाट उदाएका अर्थ–जानकार नेता
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर–१ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा नेकपा (एमाले) का उम्मेदवार भागिरथ सापकोटा विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका सापकोटा पछिल्लो समय अर्थ–व्यवस्थामा राम्रो ज्ञान भएका, योजनामुखी र अध्ययनशील नेताको रूपमा परिचित छन्।
सापकोटाको राजनीतिक उदय विद्यार्थी कालमै भएको हो। देशको शैक्षिक र राजनीतिक परिवर्तनका लागि विद्यार्थी आन्दोलन सशक्त माध्यम बन्दै गएको समयदेखि नै उनी सक्रिय रूपमा आन्दोलनमा होमिएका थिए। विद्यार्थी हक–हित, शैक्षिक सुधार र राष्ट्रिय राजनीतिक मुद्दामा निरन्तर आवाज उठाउँदै आएका सापकोटाले त्यसैबेला संगठन, नेतृत्व र वैचारिक दृढताको परिचय दिएका थिए। विद्यार्थी राजनीतिबाटै प्रशिक्षित भएकाले सापकोटामा संगठन चलाउने क्षमता, कार्यकर्तासँगको निकटता र राजनीतिक अनुशासन देखिने स्थानीय नेताहरू बताउँछन्। यही पृष्ठभूमिले उनलाई एमालेको मूलधारको राजनीतिमा स्थापित गराउँदै ल्याएको हो। राजनीतिक सक्रियतासँगै अर्थतन्त्र र विकासका सवालमा गहिरो अध्ययन गरेका सापकोटाले स्थानीयदेखि राष्ट्रिय तहसम्मका आर्थिक चुनौती र सम्भावनाबारे स्पष्ट धारणा राख्दै आएका छन्। रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्र, स्थानीय स्रोतको अधिकतम उपयोग, कृषि र उद्योगको आधुनिकीकरणजस्ता विषय उनीका प्रमुख प्राथमिकतामा पर्दछन्।
नवलपुर क्षेत्र–१ को सन्दर्भमा सापकोटाले विकासलाई नारा होइन, ठोस योजना र आर्थिक आधारसहित अघि बढाउनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्। पूर्व–पश्चिम राजमार्ग, दाउन्ने क्षेत्रको दीर्घकालीन समाधान, कृषि, पर्यटन र उद्योगलाई जोडेर क्षेत्रीय अर्थतन्त्र मजबुत बनाउने उनको सोच रहेको छ।
स्थानीय मतदातासँगको भेटघाटमा सापकोटा आफूलाई “आन्दोलनबाट आएको, तर व्यवहारिक र तथ्यमा आधारित राजनीति गर्ने नेता” का रूपमा प्रस्तुत गरिरहेका छन्। लामो समयदेखि एउटै राजनीतिक धारमा अडिग रहँदै आएका उनले स्थिरता र नीतिगत निरन्तरताकै कारण मुलुकले विकासको गति लिन सक्ने दाबी गर्दै आएका छन्। एमालेले नवलपुर क्षेत्र–१ मा अनुभवी, वैचारिक र अर्थ–जानकार उम्मेदवारको रूपमा सापकोटालाई अघि सारेको भन्दै पार्टीका स्थानीय नेताहरू आशावादी देखिन्छन्। उनीहरूका अनुसार सापकोटाले युवा, बुद्धिजीवी र विकासप्रेमी मतदातालाई आकर्षित गर्न सक्ने क्षमता राख्छन्।
विद्यार्थी आन्दोलनबाट खारिएर राष्ट्रिय राजनीतिमा होमिएका भागिरथ सापकोटाको उम्मेदवारीले नवलपुर क्षेत्र–१ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अब मतदाताले उनको विचार, योजना र राजनीतिक यात्रालाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरा निर्वाचन परिणामले स्पष्ट पार्नेछ।
नेकपाका उम्मेदवार लाेक प्रसाद भुर्तेल लामो प्रशासनिक अनुभव बोकेका नेता
नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नवलपुर–१ का उम्मेदवार लोकप्रसाद भुर्तैल लामो समय सरकारी सेवामा काम गरेर निख्रिएको प्रशासनिक अनुभव बोकेका व्यक्तित्व हुन्। राज्य संयन्त्रको भित्री संरचना, नीति निर्माण प्रक्रिया र सार्वजनिक सेवाको व्यवहारिक पक्ष नजिकबाट बुझेका भुर्तैललाई नेकपाले यसपटक जनप्रतिनिधिका रूपमा अघि सारेको छ।
भुर्तैलले सरकारी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै सेवा प्रवाह, सुशासन र सार्वजनिक उत्तरदायित्वको क्षेत्रमा काम गरेका थिए। प्रशासनिक पृष्ठभूमिबाट आएका कारण उनी विकास योजना कार्यान्वयन, बजेट व्यवस्थापन र सरकारी निकायबीचको समन्वयमा सक्षम व्यक्ति मानिन्छन्।
सरकारी सेवापछि भुर्तैलले देबघाट संरक्षण समितिको कार्यकारी निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेका थिए। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको देबघाट क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासमा उनले खेलेको भूमिका स्थानीयस्तरमा सकारात्मक रूपमा स्मरण गरिन्छ। तीर्थस्थलको पूर्वाधार सुधार, व्यवस्थापन सुदृढीकरण र सरोकारवालाबीच समन्वय गर्ने काममा उनको सक्रियता उल्लेखनीय रह्यो।
हाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका भुर्तैल पार्टीभित्र प्रस्ट वक्ता र इमान्दार नेताका रूपमा परिचित छन्। सार्वजनिक मञ्चमा विषयवस्तुलाई स्पष्ट, तथ्यगत र निर्भीक ढंगले प्रस्तुत गर्ने उनको शैलीले उनीलाई फरक पहिचान दिएको छ। पार्टी कार्यकर्ता मात्र होइन, आम मतदातामाझ पनि उनी ‘काम गर्ने नेता’ को छविमा चिनिन थालेका छन्।
नवलपुर–१ मा विकास, सुशासन र जनउत्तरदायित्वलाई मुख्य एजेन्डा बनाउँदै अघि बढिरहेका भुर्तैलले आफ्नो प्रशासनिक अनुभवलाई अब संसदमार्फत जनताको सेवामा लगाउने प्रतिबद्धता जनाउँदै आएका छन्। “राजनीति भाषणका लागि मात्र होइन, परिणामका लागि हुनुपर्छ,” भन्ने उनको भनाइले उनी व्यावहारिक राजनीतिमा विश्वास गर्ने नेता भएको संकेत गर्छ।
स्थानीय विकास, रोजगारी सिर्जना, प्राकृतिक स्रोतको संरक्षण र धार्मिक–पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका राखेका छन
रास्वपाका उम्मेदवार राजन गौतम: बौद्धिक युवा नेतृत्वबाट प्रदेश राजनीतिसम्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम बौद्धिक युवा नेताका रूपमा परिचित व्यक्तित्व हुन्। शिक्षा, संगठन र वैचारिक राजनीतिमा सक्रिय गौतम पछिल्लो समय नवलपुरको राजनीतिमा चर्चित नामका रूपमा स्थापित हुँदै गएका छन्।
हाल विद्यावारिधि (PhD) अध्ययनरत गौतम यसअघि देवचुली क्याम्पस, रजहरका प्रमुखको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। शैक्षिक क्षेत्रमा लामो समय संलग्न रहँदै आएका उनले शिक्षण संस्थाको व्यवस्थापन, शैक्षिक सुधार र विद्यार्थी नेतृत्व विकासमा उल्लेखनीय योगदान दिएको उनका सहकर्मीहरू बताउँछन्।
युवामाझ बौद्धिक, शालीन र अध्ययनशील नेताको छवि बनाएका गौतम राजनीतिक रूपमा पनि संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिका सभापति रहेका छन्। प्रदेशस्तरमा पार्टी संगठन विस्तार, नीति–विचार निर्माण र युवालाई राजनीतिमा आकर्षित गर्ने अभियानमा उनी अग्रपंक्तिमा देखिन्छन्।
राजन गौतम पुरानो शैलीको सत्ता राजनीतिभन्दा फरक, नीति, प्रणाली र सुशासन केन्द्रित राजनीतिक सोचका पक्षधर मानिन्छन्। उनी सार्वजनिक मञ्चहरूमा शिक्षा सुधार, बेरोजगारी, युवाको पलायन, पारदर्शी शासन प्रणाली र स्थानीय तहको सबलीकरणका विषयमा स्पष्ट धारणा राख्दै आएका छन्।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार शैक्षिक पृष्ठभूमि, संगठनात्मक अनुभव र प्रदेशस्तरीय नेतृत्व भूमिकाले गौतमलाई फरक पहिचान दिएको छ। विशेषगरी युवा मतदाता र शिक्षित वर्गमा उनको पकड बढ्दो देखिन्छ।
रास्वपाले वैकल्पिक राजनीतिको एजेन्डासहित अगाडि सारेका राजन गौतम आगामी निर्वाचनमा कत्तिको प्रभावशाली रूपमा प्रस्तुत हुन्छन् भन्ने चासो नवलपुरको राजनीतिक वृत्तमा बढ्दो छ। बौद्धिकता र संगठनात्मक क्षमताको संयोजनले उनी नयाँ पुस्ताको प्रतिनिधि नेताका रूपमा स्थापित हुन चुनाबी मैदानमा छन ।
यसपटक नवलपुर–१ को निर्वाचन सरल गणितमा सीमित छैन। विगतको राजनीतिक विरासत, अहिले देखिएको जनअसन्तोष र वैकल्पिक शक्तिप्रतिको आकर्षणबीच मतदाता निर्णायक शक्तिका रूपमा उभिएका छन्। कुनै पनि दलले सहज जितको आत्मविश्वास गर्न नसक्ने अवस्था बनेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. १ अन्तर्गत कावासोतीमा ३३ हजार ७ सय १०, गैंडाकोटमा ५० हजार ९ सय ५०, देवचुलीमा ३९ हजार ६ सय ७७ र बुलिङटारमा १२ हजार ७ सय ४४ गरी कुल १ लाख ३७ हजार ८१ मतदाता छन्। यी मतदाताको निर्णयले नवलपुर–१ को राजनीतिक दिशा मात्रै होइन, आगामी राष्ट्रिय राजनीतिलाई समेत सन्देश दिनेछ। अन्ततः कसले बाजी मार्छ भन्ने प्रश्नको उत्तर भने फागुन २१ गते हुने निर्वाचनको मतपेटिकाबाट मात्रै बाहिर आउनेछ।
स्कुलबसको ठक्कर बाट देवचुलीमा विद्यार्थीको मृत्यु
नवलपुरको बुलिङटारमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
नवलपुरमा नेकपाले बनायो भुर्तेल र महतोलाई उम्मेदवार
थप समाचार
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
प्रतिनिधिसभा निर्वाचनमा नवलपुर–१ कांग्रेसको विरासत, वामको चुनौती र रास्वपाकाे परीक्षा
-
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने : प्रधानमन्त्री कार्की
-
यूएईसँग आज अभ्यास खेल खेल्दै नेपाल
-
निर्वाचन आउन ३० दिन बाँकीः समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
-
नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो
-
विपक्षीलाई गाली होइन एजेण्डालाई केन्द्रमा राखेर मत माग्न कार्यकर्तालाई घर्तीको अपिल
-
डिजिटल दुनियाँको भ्रमबाट जोगिन तयारी आवश्यक छ : कांग्रेस नवलपुर २ का उम्मेदवार घर्ती
Facebook Comment