नारायणघाट बुटवल सडक रातिको समय दुई दिन बन्द हुने

NAWALPUR TIMES
प्रकाशित : २०८२ मंसिर ४ गते १२:२७
नारायणघाट बुटवल सडक रातिको समय दुई दिन बन्द हुने

कावासोती । मंसिर ५ र ६ गते नारायणघाट बुटवल सडकमा राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको छ ।

विभागले ती दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने सूचनामा उल्लेख छ ।

महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक ( गैंडाकोट तर्फको) कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ ।

गत ७ वर्षदेखि बुटवल-नारायणगढ सडक फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसनले बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत गैंडाकोटदेखि दुम्कीबाससम्म कालोपत्रे गर्ने काम सक्ने चरणमा छ ।

प्रकाशित : २०८२ मंसिर ४ गते १२:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI