अन्नत चतुर्दशीको उपलक्षयमा जिल्ला स्तरीय भोदी प्रतियोगिता हुँदै

NAWALPUR TIMES

अन्नत चतुर्दशीको उपलक्षयमा जिल्ला स्तरीय भोदी प्रतियोगिता हुँदै

कावासोती। थारु समुदायले मनाउने पर्व अनन्त चुर्दशीको (अनत )को अवसरमा नवलपुर जिल्ला स्तरीय भोदी प्रतियोगिता आयोजना हुने भएको छ ।

थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको आयोजनामा यहि भाद्र १३ गते नवलपुरको डण्डामा जिल्ला स्तरीय खुल्ला पुरुष तथा महिला भोदी प्रतियोगिता आयोजना गरिएको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रका सचिव नेत राम महतोले जानकारी दिए ।

प्रतियगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले उदघाटन गर्ने कार्यक्रम सचिवले महतोले बताए ।

प्रतियगितामा प्रथम हुने समुहलाई रु २५००० पुरुष, द्वितीय हुने समुहलाई १५ हजार, तृतीय हुने समुहलाई ८ हजार पुरस्कार राखिएको छ त्यसै गरि महिला तर्फ प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना पुरस्कर १ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता पुरुष तथा महिलाको छुट्टाछुट्टै आयोजना गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology