वर्षाका कारण सडक हिलाम्य भएपछि दाउन्नेमा सवारी एकतर्फी

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन २० गते १०:३२
वर्षाका कारण सडक हिलाम्य भएपछि दाउन्नेमा सवारी एकतर्फी

कावासोती ।वर्षाका कारण सडक हिलाम्य भएपछि नवलपुरको दाउन्नेमा सवारी एकतर्फी सञ्चालन भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो, चिप्लो र खाल्डो परेको हुँदा उकालोमा सवारी उक्लन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधन उकालो चढ्न नसके पनि पश्चिमबाट पूर्वतर्फ आउने सवारी भने चलिरहेको छ ।

सवारी एकतर्फी भएपछि दाउन्नेमा लामो जाम लागेको छ । दुम्किबासबाट बर्दघाटतर्फ जाने सवारी साधन धेरै बेरदेखि रोकिएका छन् ।

प्रकाशित : २०८२ साउन २० गते १०:३२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI