कावासोती । कावासोतीमा आइतबार साँझ भएको बस दुर्घटनामा करिब १५ जना यात्रु घाइते भएका छन्।
पुर्व पश्चिम राजमार्गको कावासोती-८ खरकट्टामा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको यात्रुवाहक बस साँझ ६:५० बजे चालकले सवारीमाथि नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुर ले जनाएको छ। दुर्घटनाको समयमा बसमा करिब ३० जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका यात्रुहरूलाई प्रहरी टोलीले उद्धार गरी तत्कालै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा तथा पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको जनाइएको छ।
Facebook Comment