गैँडाकोटमा साईकलबाट लडेर एकजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १८ गते ११:२२
गैँडाकोटमा साईकलबाट लडेर एकजनाको मृत्यु

कावासोती । नवलपुरमा एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको गैंडाकोट-१४ नगरटाडीँमा शनिबार बिहान देवचुली-१६ बस्ने किसान न्यौपाने सडक बाट २० मिटर तलको खोल्सामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

डिएसपी नेपालका अनुसार घटनास्थलमा न्यौपानेले चलाउने साईकल समेत फेला परेको परेको थियो ।

सडक देखि केही तलको खोल्समा न्यौपानेलाई मृत अवस्थामा देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतक न्यौपाने घरबाट नगरटाँडी स्थित जाली फ्याक्ट्रीमा काम गर्न निस्किएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट न्यौपानेको साईकलबाट लडेर मृत्यु भएको देखिएको र घटनाको थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ साउन १८ गते ११:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI