चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या घटे सँगै पर्यापर्यटन बाट आउने राजस्वमा समेत कमि

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या घटे सँगै पर्यापर्यटन बाट आउने राजस्वमा समेत कमि
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घटे सँगै पर्यापर्यटनको राजस्वमा कमि आएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घटे सँगै पर्यापर्यटनको राजस्वमा कमि आएको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेकामा आर्थिक वर्ष २०८१/८२ मा नेपाली, सार्क मुलुक र अन्य विदेशी मुलुकका गरेर २ लाख ३१ हजार ६ सय २९ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले एक वर्षको अवधिमा निकुञ्ज भित्रिएका २ लाख बढी पर्यटकबाट २६ करोड ८१ लाख ६१ हजार ९ सय रुपैयाँ राजस्व संकलन गरिएकोे जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा १ लाख १७ हजार २ सय ६ नेपाली, सार्क मुलुकका २४ हजार ८ सय ७१ र ८९ हजार ३२३ अन्य विदेशी मुलुकका पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन ।

गत आव ८१/८२ मा अघिल्लो आव ८०/८१ को तुलनामा पर्यटकको आगमन घटेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन घटेसँगै राजस्वमा समेत कमि भएको हो । अघिल्लो आ.व निकुञ्ज भित्रिएका तीन लाख बढी पर्यटकबाट ३० करोड ५७ लाख १८ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएकोे थियो । आ.व ०८१ /८२ मा पर्यटकको संख्यामा कमि आए सँगै पर्यापर्यटनबाट आउने राजस्व समेत घटेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आ.व आव ८०/८१ मा भन्दा आ.व ८१/८२ मा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या ७५ हजार ५ सय ८ ले घटेको हो ।

पर्या पर्यटनबाट निकुञ्जले आव ०७९/८० मा राजस्व रकम रु २२ करोड ९४ लाख रहेको थियो । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज घुम्न आउदाँ रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक घुम्न आउदाँ रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो ।

निकुञ्ज स्थापनासँगै आर्थिक वर्ष २०३१/३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो । सो आर्थिक वर्षमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ । सो आर्थिक वर्षमा एक लाख ४० हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०३२/३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा दुई लाख एक हजार राजस्व संकलन भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology