नवलपुरमा कानुनले नचिन्ने “तान्त्रिक शिविरको” प्रचार, सन्चालनको अनुमति छैन : प्रशासन

NAWALPUR TIMES

नवलपुरमा कानुनले नचिन्ने “तान्त्रिक शिविरको” प्रचार, सन्चालनको अनुमति छैन : प्रशासन

कावासोती । नेपाल तान्त्रिक झाक्री संघले कावासोतीमा आयोजना गरिएको तान्त्रिक शिविर सन्चालन गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुमती नदिईएको प्रष्ट पारेको छ ।

नेपाल तान्त्रिक झाक्री संघले कावासोतीमा साउन ३ गते बिरामीहरुलाई उपचार गर्नका लागि भन्दै १० दिने तान्त्रिक शिविर आयोजना गरेको प्रचार गर्दै आएको थियो ।

नेपाल तान्त्रिक झाक्री संघका केन्द्रीय अध्यक्ष प्रकाश भुजेलले कार्यक्रम गर्नका लागि झाक्री संघलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कावासोती नगरपालिका वडा नं. २ र ३ ले अनुमति दिएको विभिन्न भिडियो अन्तर्वार्ताहरुमा दाबी गर्दै आएका थिए ।

धामीझाँक्री, तान्त्रिक जस्ता गतिविधि कानुनले नचिन्ने हुँदा त्यस प्रकारका गतिविधि गरे कानुन अनुसार कार्वाही गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेले बताए ।

“कानुनले नचिनेको, बर्जित गरेको गतिविधि गर्न हामीले अनुमती दिएका छैनौ, अवज्ञा गरे कानुन अनुसार कार्वाही गर्छौ,” प्रजिअ पाण्डेले भने । अटेर गरेर शिविर सन्चालन गरे हस्तक्षेप गरेर बन्द गरिने बताउदै पाण्डेले भने,  “प्रहरीलाई आवश्यक शान्ति सुरक्षा मिलाउन र होटललाई कार्यक्रम आयोजनाको व्यवस्थापन नगर्न निर्देशन दिईसकेका छौ, अटेर गरेर शिविर सन्चालन गरे हस्तक्षेप गरेर बन्द गर्छौं ।”

यता आयोजक संस्थाका अध्यक्ष प्रकाश भुजेल यस विषयमा कुराकानी गर्न खोज्दा टेलिफोन सम्पर्कमा आउन चाहेन्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology