नवलपुरका २ जना बहिरा विद्यार्थीले गोरखाबाट गरे एसइई उतिर्ण

NAWALPUR TIMES

नवलपुरका २ जना बहिरा विद्यार्थीले गोरखाबाट गरे एसइई उतिर्ण

कावासोती । जिल्लामा फरक क्षमता भएका विद्यार्थीले कक्षा १० सम्म अध्ययन गर्ने विद्यालय नहुदाँ नवलपुरका दुई जना बहिरा विद्यार्थीले गोरखा बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उतिर्ण गरेका छ्न ।

मध्यविन्दु घर भएकी कविता कुमाल र कावासोती–३ घर भएका क्षितिज बिकले गोरखाको मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयमा एसइई परीक्षा उतिर्ण गरेका हुन ।

Messenger creation 8CE54234 73E3 4708 AC00 5943F31A4F52

शुक्रबार प्रकाशित नतिजा अनुसार एसईईमा कविता कुमालले २.३१ जिपिए र क्षितिज बिकले २.६२ जिपिए प्राप्त गरी परीक्षा उत्तीर्ण गरेका छ्न । हाल नवलपुरमा बहिरा विद्यार्थीहरूको लागि पाँच कक्षा सम्म मात्र तीनवटा विद्यालयमा पठनपाठनको व्यवस्था छ।

नवलपुरमै बहिरा विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण तयार पारिएको खण्डमा, उनीहरूलाई अन्य जिल्लामा गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य हुन सक्थ्यो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology