कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार नवलपुरका ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छ्न ।
शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार सामुदायिक विद्यालयका ५ जना र संस्थागत विद्यालयका ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन ।
शुक्रबार प्रकाशित नतिजा अनुसार ज्ञानोदय माध्यमिक विद्यालय कावासोती-८ का आयुष ढकाल, नवजागरण माध्यमिक विद्यालय चोरमाराकी अनुस्का बस्याल, सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय हुप्सेकोटकी जस्मिन कंडेल, विश्वज्योती माध्यमिक विद्यालय प्रगतिनगरकी लक्ष्मी श्रेष्ठ र सुस्मिता केसी, जनज्योति नमुना माध्यमिक विद्यालयकी अन्जु श्रेष्ठ, जनता मावी हर्कपुर कि अंकिता अधिकारी, ब्लुस्टार माध्यमिक विद्यालय दुम्किबासकी बृन्दा गुप्ता र मुनलाईट आदर्श पब्लिक एकेडेमी देवचुलीकी रोशाले नेपाली ४ जिपिए प्राप्त गरेका हुन ।
यसै बिच नवलपुर बाट शैक्षिकसत्र २०८१ मा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका ५ हजार ७ सय ७० विद्यार्थी मध्य ७०.४५ प्रतिशत विद्यार्थी उतिर्ण भएका शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म २८ जना रहेका छन् । त्यसैगरी प्रकाशित नतिजा अनुसार १.६ देखि २.० जीपीएसम्म ० जना र नन ग्रेडिङ १ हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन् ।
श्रेष्ठका अनुसार जिल्लाबाट शैक्षिकसत्र २०८१ मा ८७ सामुदायिक, ४९ संस्थागत, ५ वटा धार्मिक तथा १ वटा खुल्ला विद्यालय गरि १४२ विद्यालयका ५ हजार ७ सय ७० विद्यार्थी परीक्षा मा सहभागी भएका थिए ।
प्रकाशित : २०८२ असार १४ गते १०:४९
Facebook Comment