सडक सुक्दैगएपछि खुल्यो दाउन्नेको जाम

नारायण शर्मा
प्रकाशित : २०८२ असार १२ गते १६:४१
सडक सुक्दैगएपछि खुल्यो दाउन्नेको जाम

दाउन्ने सडकको हिलो सुकेका कारण गत ११ दिनदेखि पूर्वी र पश्चिम नवलपरासीमा रोकिएका सबै गाडि वारपार भएका छन ।

यहा गत मंगलवार साझदेखि ठुलो पानी परेको छैन ।

पानी नपरेर राजमार्ग सुख्खा भएपछि दुई जिल्लाका बिभिन्न स्थानमा रोकिएका सबै गाडि दाउन्ने वारपार भएका छन ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्सपेक्टर राजन तिमिल्सीनले दाउन्नेमा हिलोका कारण अबरुद्ध सडक दुई तर्फि नै संचालन भैरहेको जानकारी दिए ।

बिनयी खोलाको डाइभर्सन सडकवाट मालबहाक गाडि आउजाउ गराइएको छ । साना सबैजसो गाडि दुम्कीवास पूर्व तर्फको हाेंसिगेट हुदै सर्दि र पुनः दुम्कीवास निस्कने भित्रि सडकवाट आउजाउ गराइएको छ ।

बुधवार सांझदेखि बिहिवार दिउसो ३ बजे सम्म हजारौ गाडि दाउन्ने सडक हुदै वारपार भएको छ । बिहिवार बिहानवाट पूर्वी र पश्चिम नवलपरासीका कुनैपनि स्थानमा प्रहरीले मालबहाक र लामा गाडि रोकेको छैन ।

गत ११ दिन सम्म मालबहाक र लामा गाडि दाउन्नेको विश्वकर्मा मन्दिरको दलदलमा फस्ने डरले ठाउँठाउँमा रोक्ने गरिएको थियो ।

दाउन्नेमा सडक मर्मत गर्न चिनिया ठेकेदारको सधै आलटाल

महेन्द्रराजमार्ग स्तरोन्नतीको काम गरिरहेको चिनिया ठेकेदार कम्पनीले दाउन्नेमा गत ११ दिन देखि जाम हुदा समेत त्यहा ग्राभेलहाल्ने र सम्याउने काम दु्रतगतिमा गरेको छैन ।

दम्किवासदेखि ४ किलोमिटर सम्मको राजमार्गमा ५ सय टिप्पर ग्राइभेल हाल्ने र ग्रेडरले सम्याउने भनेर दिन लामा गाडि प्रबेशमा रोक लगाइदै आएको थियो । प्रहरीले राजमार्ग रोकेर दाउन्ने खाली गराउदा समेत चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले त्यहा फटाफट काम गरेन ।

दाउन्नेमा यत्रा दिन जुन स्पिडमा काम गर्न पथ्र्यो त्यसो गरेको देखिएन पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने पानी नपरे त ठिकै छ वर्षाद भैहाल्यो भने फेरी गाडि रोकिएर फसाद पर्छ ।

चिनिया ठेकेदारलाई काम लगाउने जिम्मेवारी पाएको आयोजना निर्देशनालयले दाउन्नेमा काम देखिने गरि काम लगाउनै सकेको छैन ।

वर्षाद हुनासाथ दाउन्नेको हालत उस्तै हुने देखिन्छ । दाउन्नेमा चिनिया ठेकेदारले सडक मर्मत सम्हार गरेर राजमार्ग सजिलो भएका कारण जाम हटेको हैन । राजमार्ग पुरै सुकेका कारण त्यहा रोकिएका गाडि वारपार भएका हुन ।

प्रकाशित : २०८२ असार १२ गते १६:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI