दाउन्नेको जाम खुलाउन यातायात मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठकले निकास दिन सकेन
नारायण शर्मा प्रकाशित : २०८२ असार १० गते २२:४७
कावासोती । दाउन्नेको जाम खुलाउन भन्दै मंगलवार भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको कार्यकक्षमा सम्पन्न सरोकारवालाको बैठकले पूर्वी नवलपरासीको दाउन्नेमा भैरहेको जाम खुलाउनकालागि ठोस निर्णय गर्न सकेन ।
मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठकले दाउन्ने सडक ठप्प हुन नदिन दैनिक रुपमा दुम्कीवास, सर्दि , होंसि सिमेन्ट गेटकै साघुरोवाटो वाट यातायात संचालन गर्दै जाने निर्णय गरेको छ । गत नौ दिनदेखि यहि रुटमा यातायात संचालन गर्दा दाउन्ने ठप्प हुदै अँएर दैनिक हजारौ यात्रुले सास्ती भोगेका छन ।
राजमार्गमा भैरहेको जाम खुलाउन बैकल्पिक निर्णय नगरि अहिलेकै अवस्थाको निर्णय दोहोराएर मन्त्री सहितका सरकारी अधिकारीले लाचारी र निकम्मापन देखाएका छन ।
मन्त्रीको कार्यकक्षमा भएको पछिल्लो निर्णयले राजमार्ग खुल्ने छांट देखिदैन । गत नौ दिनदेखि यहि रुटमा गाडि संचालन भैरहदा गाडि निस्कन नसकेर दाउन्नेको सडक खण्ड ठप्प छ ।
मंगलवारको बैठकले अन्य उपाय अबलम्बन गर्ने , सडक चाडो फराकिलो पार्न चिनिया ठेकेदारलाई घच्घच्याउने लगायतका निर्णय नगरि हाल जाम भैरहेको भित्रि सडक नै संचालन गर्ने निर्णय गरेको छ ।
यो निर्णय अनुसार त्यो रुटमा गाडि संचालन हुदा दाउन्नेको जाम घटदैन बरु बढछ । किनभने यो भित्रि सडक महेन्द्रराजमार्गको दुम्कीवाससंग जोडिएको साघुरो सडक हो यहा साना गाडि पनि दुइतर्फी संचालन हुन सक्दैन ।
बैठकले यो रुटवाट यातयात संचालन गर्दा सडक भत्किए वा बिग्रीयो भने सडक बिभाग , सडक वोर्ड मार्फत मर्मतको रकम व्यवस्था गर्ने निर्णय गरेको एउटामा बुंदामा उल्लेख छ । मन्त्री , सचिव, महानिर्देशक आयोजना प्रमुख समेतको बैठकले कति रकम कहिले सम्म व्यवस्थापन गर्ने भन्ने ठोस निर्णय गर्न सकेनन ।
महेन्द्रराजमार्गको दुम्कीवास हुदै सर्दि, होंसि गेट निस्कने सडक साघुरो छ । त्यहा मालबहाक र लामा गाडि संचालन गर्न मिल्दैन । बैठकले साना गाडि र यात्रु बहाक बस त्यहि रुटमा संचालन गर्ने भनेर घुमाउरो निर्णय गरेको हो ।
हाल जुनरुटवाट गाडि संचालन भैरहेको छ त्यहि रुटमा गाडि चलाउन भनेर गरेको निर्णयले अहिलेकै अबस्थमा त्यहा जाम घटदैघटदैन ।
दुम्किवास सर्दि हुदै होंसि निस्कने भित्र सडक हो । यो सडकमा एकतर्फी साना गाडि मात्र संचालन हुने गरेको छ । त्यहाको सर्दीमा रहेको पक्कि पुलमा एक पटकमा एउटा मात्र गाडि ओहोरदोहोर गर्न सक्छ ।
निर्णयको अर्को बुंदामा बिनयी खोलमा नव निर्मित पुल यथासक्य चाडो सूचारु गर्न पहल गर्ने भनिएको छ । यो राजमार्गमा ऋणलगानी गरेको एसियाली बिकास बैंक अन्तरगत सडक हेर्ने योजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले यथासक्य चाडो भनेको कहिले भन्ने प्रश्नको उत्तर ठयाक्कै दिन सकेनन । उनले भने “अल्ली चाडो गर्दिनुस न भनेका छौ” ढकालले भने “राजमार्ग खुलाउन मन्त्री चिन्तित हुनुहुन्छ ।”
पुल निर्माणको काम गर्ने चिनिया ठेकेदार कम्पनी र परामर्श दाताले असार २६ गते खोल्न सक्ने जानकारी दिएको तर आफुहरुले अल्लि चाडो खोलिदिन आग्रह गरेको ढकालले सुनाए । ठेकेदारको भनाई अनुसार पुलमा यातायात संचालन गर्न अझै १६ दिन कर्न पर्ने भएको छ ।
मंगलवार यातायात मन्त्री देबेन्द्र दाहालको रोहबरमा सम्पन्न बैठकमा मन्त्रालयका सचिव केशब कुमार शर्मा, सडक बिभागका महानिर्देशक अर्जुन प्रसाद अर्याल, आयोजना निर्देशक चुडाराज ढकालले हस्ताक्षर गरेका छन । बैठक दुम्कीवास र दाउन्ने सडक क्षेत्र पर्ने यहाको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीको अध्यक्षतमा भएको थियो । मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठक भएपनि लिखित कागजमा मन्त्रीले हस्ताक्षर नगरेर माताहतका कर्मचारी र सडक बिग्रीएको विनयी त्रिवेणीका गाउँपालिका अध्यक्षलाइ हस्ताक्षर गर्न लगाएर मन्त्रीले चलाखि गरेका छन ।
पूर्व पश्चिम महेन्द्रराजमार्ग फराकिलो पार्ने जिम्मेवारी लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशन र कोरियन कन्सल्टेन्टले राजमार्गमा फटाफट काम नगरेर आलटाउ गर्दा समेत मन्त्री, सचिव र महानिदेशक र सरोकारवाला सरकारी अधिकारी टुलुटुलु हेरेर जागिरका दिन गन्न बाध्य छन ।
Facebook Comment