देवचुली नगरपालिकाको बजेट ८८ करोड ५४ लाख, समावेशी विकास र सेवा प्रवाहमा जोड

दीपक भट्टराई
प्रकाशित : २०८२ असार ९ गते २०:१७
देवचुली नगरपालिकाको बजेट ८८ करोड ५४ लाख, समावेशी विकास र सेवा प्रवाहमा जोड

कावासोती । देवचुली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि चालू तर्फ ५५ कराेड ५८ लाख ९१ हजार ५ सय २ रूपैया र पूँजीगत तर्फ ३२ कराेड ९५ लाख ६८ हजार ४१ रूपैया गरि  ८८ कराेड ५४ लाख ५९ हजार ५ सय ४३ रूपैयाकाे बजेट सार्बजनिक गरेकाे हाे ।

नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीले
आव ०८२/८३ का लागि सोमबार बजेट पेश गरेकि हुन । उप प्रमुख द्वारा पेस गरिएकोबबजेटमा संङ्घीय सरकारकाे ससर्त अनुदान ३४ कराेड ५६ लाख , वित्तिय समानीकरण अनुदान १३ कराेड ६७ लाख , विशेष अनुदान २ कराेड २५ लाख ,  राजस्व बाँडफाड १२ कराेड ९१ लाख  २५ हजार  ६ सय ९३ रूपैया , र गण्डकी प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान १ कराेड ७९ लाख ३२ हजार र राजस्व बाँडफाड बापत १ कराेड ५८ लाख ९९ हजार , विशेष अनुदान तर्फ ४० लाख र समपुरक अनुदान तर्फ ६० लाख र नगरपालीकाकाे आन्तरीक आय ७ कराेड ७० लाख र चालू आवकाे नगद बैक माैजाद अल्या  ९ कराेड १६ लाख २ हजार ८ सय ५० गरि  ८८ कराेड ५४ लाख ५९ हजार ५ सय ४३ रूपैया समावेश गरिएको छ । दुबैतर्फका खर्चलाई समेटेर नगरपालिकाले विकास र सेवा प्रवाहमा सन्तुलित ध्यान दिने जनाएको छ ।

IMG 20250623 WA0011

बजेट अघि नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरसभामा आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

नगर प्रमुख न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आर्थिक विकास, पूर्वाधार विस्तार,  शिक्षा समाजिक बिकास ,वातावरण संरक्षण, स्वास्थ्य तथा सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेको छ।

IMG 20250623 WA0008

नगरपालिकाको आगामी आवको प्रस्तावित बजेटमा सामाजिक विकास, पूर्वाधार, कृषि, वातावरण, प्रशासनिक सञ्चालन लगायतका क्षेत्रमा रकम विनियाेजन गरिएकाे छ  ।
सामाजिक विकासका लागि मात्रै ४१ करोड ९२ लाख ६५  हजार रुपैयाँ विनियोजन गरिएको छ। यस अन्तर्गत गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना, महिला सशक्तीकरण लगायतका कार्यक्रमहरू सञ्चालन गरिने छन्।

IMG 20250623 WA0010

पूर्वाधार विकास क्षेत्रका लागि १९ करोड ३२ लाख ७० हजार रुपैयाँको व्यवस्था गरिएको छ। सुशासन तथा अन्तर सम्बन्धी वन वातावरण संरक्षण तथा विपद तर्फ ३ करोड ६० लाख  ३८ रुपैयाँ छुट्याइएको छ। यस्तै,  आर्थिक विकास तर्फ ७ कराेड ६३ लाख २६ हजार कार्यालय सञ्चालन रुपैयाँ विनियोजन गरिएको छ। यस्तै कार्यलय संचालन तथा प्रशाशनिक खर्च तर्फ १६ कराेड ६ लाख २२ हजार रूपैया विनियाेजन गरिएकाे छ

नीति तथा कार्यक्रममा नगर अस्पताल निर्माण, सेवा विस्तार, उपकरण व्यवस्थापन तथा अस्पतालको समुन्नत सञ्चालनका लागि मात्र २करोड २५ लाख रुपैयाँ छुट्याइएको छ। यसले नगरवासीलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य नगरपालिकाले राखेको छ ।

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित समूहीक खेती, उत्पादन प्रवर्द्धन, सहकारीहरूको सशक्तीकरणका लागि कार्यक्रम ल्याइने उल्लेख छ। त्यसका कृषि कार्यक्रममा तथा मेयर संग कृषक कार्यक्रमका बजेट बिनियाेजन गरिएकाे  छ।

यसैगरी कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम, युवालाई कृषि व्यवसायमा जोड्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने जस्ता विविध योजनाहरू समावेश गरिएका छन्।

शिक्षा, खेलकुद, महिला, बालबालिकामा अन्तर्गत रहेरविद्यालय मर्मत र छात्रवृत्ति सञ्चालनका लागि बजेट बिनियाेजन गरिएकाे छ युवा तथा खेलकुद महिला सशक्तिकरण, स्वरोजगार, सीपमूलक तालिममा बजेट बिनियाेजन गरिएकाे  छ। बजेटमा बालमैत्री सूचना केन्द्र, बाल संसद र अन्य कार्यक्रम सञ्चालनका लागि पनि विशेष बजेट व्यवस्था गरिएको छ।

नगरपालिकाको नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, कृषि, वातावरण र पूर्वाधारलाई सन्तुलित रूपमा समेट्दै समावेशी विकासको नीति अवलम्बन गरेको र  बजेटले मुख्यतः जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने सेवा प्रवाहमा ध्यान दिएको  नीति तथा कार्यक्रममा  उल्लेख  गरिएकाे छ ।

नगरसभाबाट नगरप्रमुख न्यौपानेले पेश गरेको नीतितथा कार्यक्रम र उप्रप्रमुख तिवारीले प्रस्तुत गरेको आगामी वर्षको बजेट पास भएको छ ।

प्रकाशित : २०८२ असार ९ गते २०:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI