विनयी खोलाको डाइभर्सन ९ औं पटक बगायो, फेरि पनि सडक अवरुद्ध

नारायण शर्मा
प्रकाशित : २०८२ असार ९ गते ८:४०
विनयी खोलाको डाइभर्सन ९ औं पटक बगायो, फेरि पनि सडक अवरुद्ध

कावासोती । आइतबार निर्माण गरेर यातायात सञ्चालन गरिएको दुम्कीबासस्थित बिनयी खोलाको डाइभर्सन बाढीले फेरि बगाएको छ ।

आइतबार त्यहाँबाट करिब २ सय गाडी वारपार गराइएको थियो । तर खोलामा आएको बाढीले आइतबार राति नै डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सिनाले बताए । उनका अनुसार यो डाइभर्सन ९ पटक बगिसकेको छ । ‘खोलामा बाढी आउँछ, बगाउँछ,’ उनले भने, ‘फेरि बनायो, फेरि बगाउँछ । हैरान भइयो ।’

गत पुस २६ गते दुम्कीबासस्थित विनयी खोलाको फलामे पुल भाँच्चिएपछि त्यही पुलको उत्तरतर्फबाट डाइभर्सन निर्माण गरेर आउजाउ गराइँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबारसम्म यो डाइभर्सन ९ पटक बग्दा ५७ लाख खर्च भइसकेको छ ।

प्रकाशित : २०८२ असार ९ गते ८:४०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI