कावासोती । कावासोती नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले सरकारी रकम अनियमित गरेको खुलेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा बिदेशि संस्थाले निमन्त्रणा गरेर दुई वर्ष अघि स्पेन जादा ३ लाख ३५ हजार ६ सय ८१ नगद कावासोती नगरपालिकालाई ब्यहोराएको पाइएको छ ।
महालेखाले पाण्डेयले विदेश भ्रमणसम्बन्धी सरकारी खर्च नियमावली विपरीत अनियमित रूपमा भुक्तानी लिएको पाईएको जनाएको छ ।
पाण्डेय सन २०२३ मे १९ मा स्पेनको म्याड्रिडस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन भ्रमणमा सहभागी भएका थिए । त्यो भ्रमणको सम्पूर्ण आउजाउ, बसोबास, त्यहा हिडडुल र खानाको खर्च आयोजक संस्था आफैंले व्यहोर्ने गरी पत्राचारमार्फत स्पष्ट गरिएको थियो ।
आयोजक संस्थाले आउजाउ, आवास , खानपिन र भ्रमणको खर्च ब्यहोरेपनि पाण्डेयले नपाएको भन्दै नगरपालिकामा बिल भर्पाई मिलाएर रकम लिएका थिए ।
आयोजक संस्थाले सबै ब्यहोरेपनि पाण्डेयले नगरपालिकावाट उक्त रकम लिएको देखिएकाले आर्थिक अनियमितता गरेको महालेखाको प्रतिवेदनमा औल्याएको छ । नगरपालिकामा रहदापनि बिवादस्पद छवि बनाएर गएका पाण्डे २०८० बैशाख ३ गतेदेखि देखि कात्तिक १६ गते सम्म कावासोती नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत थिए ।
कावासोती नगरपालिकाका हालका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले आफुले तत्कालिन कार्यलय प्रमुख पाण्डेयलाई उहाले लिएको रकम तिर्न ताकेता गर्दासमेत भुक्तानी नगरेको जानकारी दिए । अब ब्याज र हर्जना सहित तिर्न पर्ने हुन्छ पौडेलले भने ।
प्रकाशित : २०८२ असार २ गते १६:२८
Facebook Comment