सामुदायिक वनद्वारा महाराजा आधारभूत विद्यालयलाई २ लाख ६१ हजार नगद सहयोग
NAWALPUR TIMES प्रकाशित : २०८२ जेठ २६ गते १७:३२
कावासोती । कावासोती नगरपालिका वडा नं १ हात्तिखोरमा रहेको महाराजा नमूना सामुदायिक वनले सोही वडामा रहेको महाराजा आधारभुत विद्यालयलाई २ लाख ६१ हजार २ सय पचास आर्थिक सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक व्यवस्थापनमा सहयोग पुर्याउनका लागि सामुदायिक वनले विद्यालयलाई आर्थिक सहयोग गरेको महाराजा नमूना सामुदायिक वनका अध्यक्ष चोलबहादुर थापाले बताए ।
विद्यालयका ४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व लिएको महाराजा सामुदायिक वनले वनको आम्दानीबाट विद्यालयलाई आर्थिक सहयोग गरेको हो । यस बाहेक महाराजा सामुदायिक वनले विद्यालयलाई विभिन्न समयमा भवन तथा फर्निचर निर्माण तथा मर्मतका लागि काठ समेत उपलब्ध गराउदै आएको छ ।
आईतबार विद्यालयमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष चोलबहादुर थापाले विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर राना र विद्यालयका प्रधानाध्यापक शिशिर सिंजालीलाई २ लाख ६१ हजार २ सय ५० रुपियाको चेक हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कावासोती-१ कि वडा सदस्य श् रेखाकुमारी सुनार , प्रधानाध्यापक शिशिर सिंजाली, विद्यालयका अध्यक्ष रानाले सामुदायिक वनलाई धन्यवाद व्यक्त गरेका थिए ।
Facebook Comment