गिरुबारी पुलमा आजैदेखि यातायात चल्ने, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक

NAWALPUR TIMES

गिरुबारी पुलमा आजैदेखि यातायात चल्ने, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक

कावासोती । बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत चोरमारा बजारमा रहेको गिरबारी पुल मर्मत सकिएको छ ।

सडक आयोजनाका अनुसार यो पुलको मर्मत सकिए पछि आजैबाट यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । २९ वैशाखका दिन अधिक भारका कारण क्षति भएर पुलबाट यातायात बन्द भएको थियो ।

पुलको आवश्यक मर्मत गरी यातायात सूचारु गर्न लागिएको भए पनि पुल बाट ४०टन भन्दा धेरै मालबाहक सवारी सन्चालन गर्न नपाईने बताईएको छ । ४० टन भन्दा धेरै सामान बोकेका मालवाहक सवारीलाई दुम्किबासमै रोकिने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख जनकराज बन्जाराले जानकारी दिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology