कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका– १ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ ।
डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए ।
केही दिन अघि आएको बाढीले पनि विनयी त्रिवेणी खोलामा डाइभर्सन बगाएको थियो । लामो समयदेखि यो सडकमा यात्रुले सास्ती भोग्दै आएका छन् ।
प्रकाशित : २०८२ जेठ २४ गते १८:००
Facebook Comment