पुलको पश्चिम भागमा समेत चर्किएको फेला परे पछि चोरमाराको पुल सन्चालनमा आउन सकेन

NAWALPUR TIMES

पुलको पश्चिम भागमा समेत चर्किएको फेला परे पछि चोरमाराको पुल सन्चालनमा आउन सकेन

कावासोती । बढी तौल बोकेका मालवहाक गाडी गुडेका कारण भासिएको नवलपुरको चोरमारामा रहेको गिरुबारी खोलाको अझै सन्चालनमा आउन सकेको छैन ।

यस अघि सडक विभागले पुल मर्मतको काम सकेर बुधबार साँझ देखि पुल सन्चालनमा आउने बताएको भए पनि अर्को ठाँउमा समेत पुल चर्किए फेला परे पछि पुल सन्चालनमा आउन नसकेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी ईन्जिनियर कृष्ण प्रसाद आचार्यले बताए ।

पुलको भाचिएको भागलाई तलबाट टेको लगाएर उठाएर पहिलेको अवस्थामा आएपछि भाचिएको फलामका पाता फेरिएको थियो । पाता फेरेर सन्चालनमा ल्याउनु अघि पुलको चेक जाँच गर्ने क्रममा अर्को ठाउँमा पुल चर्किएको फेला परे पछि पुल सन्चालन गर्न नसकिएको आचार्यले बताए । “अर्को ठाउँमा समेत पुलको क्र्याक भेटिएको छ, चर्किएको भागमा फलामका पाता फेरेपछी मात्रै पुल सन्चालनमा आउँछ”, आचार्यले भने । पुलको अहिले भाचिएको भन्दा पश्चिम तर्फ फेला परेको चर्किएको भागलाई मर्मत गरेर पुल सन्चालनमा ल्याउन थप एक हप्ताको समय लाग्ने आचार्य बताउछ्न ।

पुललाई मर्मत गरेर सन्चालन गर्नका लागि सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । वैशाख २९ गते पुलमा म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जादै गरेको टेलर हिँड्दै गर्दा पुल भाचिएको थियो । पुल भाँचिए पछि पुललाई मर्मत गरेर सन्चालन गर्नका लागि सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।

पुल भाँचिएपछि डाइभर्सन मार्फत सवारी सञ्चालन भइरहेको छ । यस क्षेत्रमा दिनहुँ जसो वर्षा भएका कारण हिलो र डाइभर्सन बगाउने समस्याले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । चोरमाराको गिरुबारी खोलामा रहेको दुई सय १६ मिटर लामो फलामे पुल ५२ वर्षअघि निर्माण गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology