कावासोती । गत जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब बढी रकम छुट्याएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ छुट्याइएको हो ।
सबैभन्दा बढी स्थानीय तहको लागि रकम छुट्याइएको छ । स्थानीय तहका लागि ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ छुट्ट्याउँदा सात प्रदेशलाई ९७ अर्ब ५६ करोड ४ लाख छुट्याइएको छ ।
यसै बीच बिहिबार प्रस्तुत बजेटमा नवलपुरमा कुल बजेटको ३ अरब ८६ करोड ३९ लाख वित्तिय हस्तान्तरण हुने भएको हो । जिल्लाका आठ वटा स्थानिय तह मध्ये ४ वटा गाउँपालिकालाई समानीकरण अनुदान ३८ करोड ६४ लाख, सशर्त अनदान ९५ करोड ९३ लाख, विशेष अनुदान ८ करोड ३३ लाख र समपुरक ७ करोड ६६ लाख गरी १ अर्ब ५० करोड ६६ लाख हस्तान्तरण भएको हो ।
त्यसै गरि ४ वटा नगरपालिकालाई समानीकरण अनुदान ६२ करोड ९३ लाख, सशर्त अनदान १ अर्ब ५८ करोड ८ लाख, विशेष अनुदान ११ करोड ६ लाख र समपुरक ३ करोड ६६ लाख गरी २ अर्ब ३५ करोड ७३ लाख हस्तान्तरण भएको हो ।
संघीय सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण अन्तर्गत नगरपालिका तर्फ चालु खर्चमा २ अर्ब ४ करोड ८९ लाख र पूजीगत खर्च ३० करोड ८४ लाख र गाउँपालिका तर्फ १ अर्ब ३६ करोड ३४ लाख चालु र १४ करोड ३२ लाख पुजीगत खर्चको बजेट रहेको छ ।
कुन पालिकालाई कति बजेट ?
यसै बीच जिल्लामा सबै भन्दा धेरै बजेट कावासोती नगरपालिकाले पाउने देखिएको छ ।अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्तगत कावासोती नगरपालिकाले समानिकरण अनुदानमा १७ करोड २ लाख, शर्सत अनुदानमा ४३ करोड ६६ लाख, विशेष अनुदानमा ४ करोड १८ लाख, समपुरक अनुदानमा ६० लाख गरेर कुल ६५ करोड ४६ लाख बजेट पाउने भएको छ ।
त्यसै गरि गैडाकोट नगरपालिकाले समानिकरण अनुदानमा १६ करोड ५६ लाख, शर्सत अनुदानमा ३७ करोड ५१ लाख, विशेष अनुदनामा ६७ लाख, समपुरक अनुदानमा ८८ लाख गरि कुल ५५ करोड ६२ लाख, देवचुली नगरपालिकाले समानिकरण अनुदानमा १३ करोड ६७लाख, शर्सत अनुदानमा ३४करोड ५६ लाख, विशेष अनुदानमा २ करोड २५ लाख र समपुरक अनुदानमा ९१ लाख गरि कुल ५१ करोड ३९ लाख, मध्यविन्दु नगरपालिकाले समानिकरण अनुदानमा १५ करोड ६८लाख, शर्सत अनुदानमा ४२ करोड ३५ लाख, विशेष अनुदानमा ३ करोड ९६ लाख र समपुरक अनुदानमा १ करोड २७ लाख गरि कुल ६३ करोड २६ लाख बजेट प्राप्त गर्ने भएका छन ।
त्यसै गरि गाउँपालिका तर्फ बौदीकाली गाउँपालिकाले समानिकरण अनुदानमा ७ करोड ६५ लाख, शर्सत अनुदानमा १९ करोड ८० लाख, विशेष अनुदानमा ७५ लाख र समपुरक अनुदानमा १ करोड ६८ लाख गरि २९ करोड ८८ लाख, बुलिङटार गाउँपालिकाले समानिकरण अनुदानमा ८ करोड ६२ लाख, शसैत अनुदानमा २५ करोड ३ लाख, विशेष अनुदानमा १ करोड २३ र समपुरक अनुदानमा ९५ लाख गरि कुल ३५ करोड ८३ लाख, विनयी त्रिवेणी गाउँपालिकाले समानिकरण अनुदानमा १२ करोड ३९ लाख, शर्सत अनुदानमा २८ करोड ९२ लाख, विशेष अनुदानमा २ करोड ८० लाख र समपुरक अनुदानमा ३करोड ६१ लाख गरि ४७ करोड ७२ लाख तथा हुप्सेकोट गाउँपालिकाले समानिकरण अनुदानमा ९ करोड ९८ लाख,, शर्सत अनुदानमा २२ करोड १८ लाख, विशेष अनुदानमा ३ करोड ५५ लाख र समपुरक अनुदानमा १ करोड ५२ लाख गरि कुल ३७ करोड २३ लाख बजेट पाउने छन ।
आगामी आ.व वर्षको बजेटमा ३ अरब ८६ करोड ३९ लाख बजेट आउने देखिए पनि ११.६८ प्रतिशत अर्थात ४५ करोड १६ लाख मात्रै बजेट स्थानिय तहले विकास निर्माणको क्षेत्रमा खर्च गर्न पाउने छन ।
प्रकाशित : २०८२ जेठ २० गते १८:२६
Facebook Comment