चिसाे पानी बुदुना माछा, खाजा खान जानेकी  बतासा!

NAWALPUR TIMES

चिसाे पानी बुदुना माछा, खाजा खान जानेकी  बतासा!

कावासोती । शनिबारकाे दिन जेठ मासकाे गर्मीले खलखली पसिना आए पछि कावासाेतीका विदुर शर्मा आफ्ना केही साथी सहित बतासा पुगे । गर्मी पनि छलिने र खाजा संगै चिसाे पानीका माछाकाे स्वाद पनि चाखिने भए पछि मध्यविन्दु-१४ काे बतासा आईपुगेकाे शर्माले बताए ।

बतासा बजार शिवालिक क्षेत्रकाे तल्लाे भाग सदावहार पानी बग्ने अरूणखाेलाकाे पश्चिमी किनारमा पर्दछ । पूर्व पश्चिम महेन्द्र राजमार्गकाे अरूणखाेला बजार पूर्वबाट रमणीय सालघारीकाे बाटाे छिचाेल्दै खयर साल, द्वारदह, दमार कटेपछि ९ किलाे मिटरकाे दुरीमा बतासा पुगिन्छ । बतासा पाल्पाकाे निस्दी गाउँ पालिकामा अवस्थित मित्याल डाँडा काटेर कालीगण्डककाे प्रसिद्ध केलादीघाट तथा रामपुर बजार भेट्किने प्राचिन पहाडी मार्गकाे फेदी हाे ।

स्थानीयहरू अरूणखाेला किनारका दमार देखि बतासा र जलुके सम्मका बस्तीकाे विशेषता भनेकै बुदुना, सहर, गर्दी, चेपुवा,बाम लगायतका स्थानीय जातका ताजा माछा पाउनु रहेकाे बताउछन् । बतासामा भेटिएका अर्का युवा यम चाैधरीले भने “माछा तराईका हाेटलहरूमा जताततै खान पाईन्छ तर बतासाकाे झै चिसाेपानीका माछा अन्यत्र नभेटिने हुँदा स्वादिला माछा खान पनि बेला बेलामा यहाँ आउने गरेकाे छु ।”

1000005104 (1)

व्यवसायीहरूका अनुसार गर्मीका बेला त दुम्किबास, सर्दी, अरूणखाेला,चाेरमारा लगायत पूर्व चितवन सम्मका मानिसहरूकाे बतासा छेउकाे चिसाेपानीमा पाैडी खेल्न र हाेटलमा बसेर माछा खान निकै भिड लाग्ने गर्दछ ।
पछिल्लाे समय साे क्षेत्रमा दिनहुँ जसाे मानिसकाे आउजाउ बढ्न थाले पछि स्थानीयकाे आय आर्जनमा वृद्धि आएकाे छ भने नयाँ हाेटल तथा रिसाेर्ट पनि थपिने क्रम बढेकाे छ । जुन कुराले स्थानीयहरूकाे दैनिकी फेरिएकाे छ भने व्यवसायिक बाख्रा पालन तथा हाेटल व्यवसाय गरेर आर्थिक रूपले आत्मनिर्भर बन्दै गएकाछन् ।

यस खाेलामा पाईने ताजा माछा किलाेकाे ८ सय र सुकाएकाे माछालाई पाउकै १ हजार रूपैयाँमा बिक्री हुने गरेकाे स्थानीय हाेटल व्यवसायीहरूले बताए । यही बतासामा बिगत ३ दशक अघि देखि हाेटल व्यवसाय गर्दै आएका रूद्र प्रसाद श्रेष्ठले भने तादी माेटर बाटाे नहुँदा पहाडका मानिस पैदल हिडेर यही आई बास बस्ने गर्थे । त्यसै गरि तराईकाे त्रिवेणी लगाएत भारतका विभिन्न बजार पुगेर नुन,मट्टीतेल र लत्ताकपडा लिई आउनेहरू साँझ यहीँ बसेर बिहान उकालाे लाग्ने गरेकाे बिगत श्रेष्ठले सुनाए ।

1000004742

त्यसाे त आजकल बतासा बजार पक्की सडक संजालले जाेडिएकाे छ । कन्चन सफा र कल्लकलाउदाे पानी बग्ने अरूणखाेला माथि ठाउँ ठाउँमा पक्की पुल बनेकाछन् ।
निस्दी-४ का तर्क राई जलुकेकाे पक्की पुल देखाउदै भन्छन् बिहान गाउँबाट हिडे पछि बल्ल तल्ल साँझ सम्ममा अरूणखाेला बजार पुगिन्थ्याे, अहिले गाउँ गाउँमा माेटर आएकाे छ, वर्षामा बाढी पहिराेले कहलेकता बाटाे छेके पनि हिउदे आवत जावतलाई सजिलै भएकाे छ ।

निक्कै हरियाली वन जंगल,उकालाे ओरालाे र झरना तथा गाउँवस्तीले सजिएकाे बतासा माथिकाे जलुके क्षेत्र लुम्बिनी र गण्डकी प्रदेश,नवलपुर,पाल्पा जिल्ला तथा  निस्दी र हुप्सेकाेट र मध्यविन्दु नगरपालिकाकाे संगममा रहेकाे छ । यहाँकाे चिसाे पानीमा पाईने माछा खान, वनभाेज गर्न या पाैडि खेलेर मनाेरञ्जन लिन गर्मी लागे पछि टाढा टाढाबाट मानिसहरू यहाँकाे बतासा, मुखिया ढुङ्गा, ढाँडबाटाे, राईकाेटे,गेजाटार,मुरली खाेला र जलुके पुग्ने गर्दछन् ।

1000004780

कतिपयकाे भनाईमा पहिले पहिले खाेलाका तलाउमा काेही कसैले बम हानेर माछा छाेप्ने गरे पनि अहिले त्याे चलन पुरै हटेकाे र माछा मार्न कहीकतै दुवाली थुनेर त कतिपयले हाते जाल हान्ने या बल्छी थाप्ने गर्दै आएकाछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology