नवलपुरका थप ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठनहरुको माग
NAWALPUR TIMES प्रकाशित : २०८१ फागुन १३ गते १५:५१
कावासोती । नवलपुरका विद्यार्थी संगठनहरुले जिल्लाका थप ४ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेका छन ।
मंगलबार मध्यविन्दु बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरेर जिल्लाका थप ४ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेका हुन ।
पत्रकार सम्मेलन अगाडी मध्यविन्दु क्याम्पसमा बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुका जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले जनक कलेज गैँडाकोट, जनज्योति आदर्श बहुमुखी क्याम्पस प्रगतिनगर, नवजागरण बहुमुखी क्याम्पस चोरमारा र जनमुखी आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए । नवजागरण बहुमुखी क्याम्पस, जनमुखी आदर्श बहुमुखी क्याम्पस र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा अघिल्लो पटक निर्वाचन प्रक्रिया सुरु गरिएको भए पनि निर्वाचन हुन सकेको थिएन ।
यस अघि जिल्लामा कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु बहुमुखी क्याम्पस, एसपिएम कलेज, देवचुली कलेज, कालिका संस्कृत विद्यापिठ र अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नका लागि क्याम्पसहरुमा निर्देशिका समेत पठाईसकेको छ ।
Facebook Comment