नवलपुरमा सात वर्षको पोथी गैँडा मृत फेला

NAWALPUR TIMES

नवलपुरमा सात वर्षको पोथी गैँडा मृत फेला

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ ।

कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ । अर्को गैँडास्ँग जुधेर घाईते भएर बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology