कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ ।
कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ । अर्को गैँडास्ँग जुधेर घाईते भएर बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।
मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
प्रकाशित : २०८१ फागुन ११ गते ८:०९
Facebook Comment