नवलपुर महाेत्सवकाे तयारी पुरा, उद्योग मन्त्री भण्डारीले उदघाटन गर्ने

NAWALPUR TIMES

नवलपुर महाेत्सवकाे तयारी पुरा, उद्योग मन्त्री भण्डारीले उदघाटन गर्ने
8th nawalpur mahotsab 2081

कावासोती । पर्यटन,कृषि,उद्योग र व्यापारकाे उत्सव-समृद्ध नवलपुरका लागि आठाैं महाेत्सव भन्ने मुल मन्त्र सहित शुक्रबार देखि पूर्वी नवलपरासीकाे डण्डामा महाेत्सव हुने भएकाे छ ।

आयाेजक संस्था नवलपुर उद्योग बाणिज्य संघले बिहिबार महाेत्सव स्थलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ ।

महाेत्सवकाे उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामाेदर भण्डारीद्वारा उद्घाटन हुने कार्यक्रम रहेकाे महाेत्सव आयाेजक मूल समारोह समितिका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले बताए ।

महाेत्सव उद्घाटन पूर्व विभिन्न जातजातिका झाकि सहितकाे रेैलीले कावासाेती १६ स्थित डण्डा नगर परिक्रमा गर्ने जनाईएकाे छ ।

महाेत्सवमा कृषि, उद्योग ,बाणिज्य तथा सेवामूलक विभिन्न संघ सस्थाका स्टलहरू रहनेछन् ।कृषि, अटाेमाेवाईल,निशुल्क आँखा जाँच, निशुल्क ओेेैषधि वितरण सहितका २ सय ५० स्टल मध्ये प्यागाेडा शैलीका केही स्टलले महाेत्सवमा आकर्षण थपेकाे बताईएकाे छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग किनारकाे अंकुर आदर्श सामुदायिक वनकाे खाली जमिनमा संचालन हुने महाेत्सवमा करिब ५ कराेड रूपैयाँ बराबरकाे काराेबार हुने आयाेजककाे भनाई रहेकाे छ ।

यही माघ २५ देखि फागुन १० गते सम्म संचालनहुने महाेत्सवमा विबिध सांस्कृतिक गीत,नृत्य,रत्याैली राष्ट्रिय दाेहाेरी गीत प्रतियाेगिता, फिस टनेल सहितकाे वाटर पार्क,सुनामी झुला,पिङ लगायतका मनाेरञ्जनात्मक खेल उद्यान,भान्सा घर तथा खाना स्टलहरू रहने नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पाेख्रेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology