गैंडा स्थानान्तरण : १६ वर्षको पोथी गैँडा पुर्वी सेक्टर पठाईयो

सन्जय भट्टराई
प्रकाशित : २०८१ माघ २० गते १९:०६
गैंडा स्थानान्तरण : १६ वर्षको पोथी गैँडा पुर्वी सेक्टर पठाईयो

कावासोती  । शनिबार देखि सुरु भएको गैँडा स्थानान्तरणको दोस्रो दिन १६ वर्षको पोथी गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर पठाईएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टरमा पर्ने नवलपुरको अमलटारी क्षेत्रबाट आईतबार अर्को पोथी गैँडालाई पुर्वी सेक्टर पठाईएको हो । यस अघि शनिबार पनि १५ वर्षको पोथी गैँडालाई निकुञ्जको पुर्वी सेक्टर पठाईएको थियो ।

पश्चिम सेक्टरका ४ वटा गैँडालाई निकुञ्जको पुर्वी सेक्टरमा लैजानका लागी शनिबार देखि निकुञ्जमा आन्तरिक स्थानान्तरण सुरु गरिएको हो ।

निकुञ्जको नवलपुर (पश्चिम सेक्टर) क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने छ । गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा स्थानान्तरणलाई अगाडि बढाईएको निकुञ्जले बताउदै आएको छ ।

जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने बताउदै आएको छ ।

प्रकाशित : २०८१ माघ २० गते १९:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI