नारायणि किनारमा भएको होहल्लाले गैँडा बस्तीमा पस्यो

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २७ गते ११:१५
नारायणि किनारमा भएको होहल्लाले गैँडा बस्तीमा पस्यो

विवेक भण्डारी । देवचुली नगरपालिका वडा नं २,३ र ४ मा मंगलवार विहान देखि गैँडा बस्ती पसेको छ । मध्यवर्ती क्षेत्र भित्र रहेको गैडा बस्ती प्रवेश गरे पछि देवचुलीका विभिन्न वडामा गैँडा त्रास फैलिएको हो  । मध्यवर्ती क्षेत्रमा चार दिन अघि देखि भएको होहल्लाका कारण गैडा बस्ती पसेको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । पाण्डेका अनुसार मध्यवर्ती क्षेत्रमा हो हल्ला कै कारण गैँडा बस्ती पसेको हो । ।

देवचुली नगरपालिका वडा नं २ को नारायणी नदि किनारमा चार दिन अगाडी बाट एकादशी मेला लागेको छ । उक्त मेलामा भएको होहल्लाका कारण गैँडा तर्सिएर बस्ती पसेको हो । अँध्यारो भए पछि चर्न निस्कने क्रममा मेलामा अबेर सम्म हुने होल्लाका कारण गैँडा बाटो बिराएर बस्ती तर्फ लागेको पाण्डेले जानकारी दिए ।

रमाईलो तथा साँस्कृतिक कार्यक्रम गर्दा समयको ख्याल गर्दै वन्यजन्तुले विचरण गर्ने क्षेत्रमा राति अवेर सम्म मानिसको जमघट नर्गन पाण्डे आग्रह गरेका छन । यस्ता गतिविधीले वन्यजन्तुलाई असर पुग्ने र वन्यजन्तु मानव वस्तिमा पस्न सक्ने जोखिम हुने भएकोले सचेत हुनु पर्ने उनको भनाई थियो ।

मेला दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा नारायणी नदि किनारमा गत कार्तिक २४ गते देखि सन्चालन भएको मेला आज सकिने छ ।

प्रकाशित : २०८१ कार्तिक २७ गते ११:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI