बोलेरो दुर्घटनाले लियो दशैँ मनाएर फर्किदै गरेका दिदी भाइको ज्यान

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक ४ गते १३:१२
बोलेरो दुर्घटनाले लियो दशैँ मनाएर फर्किदै गरेका दिदी भाइको ज्यान

कावासोती । शनिबार कावासोती १ को बालुवा डाँडामा क्षमता भन्दा धेरै यात्रु बोकेको बोलेरो दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने एकै घरका दिदी भाई पवित्रा र पवन मश्राङ्गी मगर हुन । २१ वर्षीय दिदी पवित्रा मध्यविन्दु बहुमुखी क्याम्पस स्नातक दोस्रो सेमेस्टरमा मा र १८ वर्षीय भाई पवन कावासातीकै समता शिक्षा निकेतनको कक्षा ९ मा अध्ययनरत थिए । कावासोती बसेर अध्यय गर्ने उनीहरु दशैँ बिदामा बुलिङ्गटार २ मा रहेको घर गएका थिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा तिव्र गति र क्षमता भन्दा बढी यात्री बोकेका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । गाडीको यान्त्रिक परिक्षण पश्चात दुर्घटनाको थप कारण पत्ता लाग्ने उनले बताए

बुलिङ्गटार(२ को टाडी बाट कावासोति हिडेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको हो । सामन्यत्या ५र७ जना बोक्ने बोलेरो गाडीमा चालक र सह चालक सहित ३४ जना यात्रु थिए । ओरालो बाटोमा क्षमता भन्दा धेरै यात्रु भएका कारण जिप बाटो छेउमा रहेको सालको रुखमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । जिपमा १७ जना १८ वर्ष भन्दा कम उमेरका बालबालिका समेत रहेका थिए ।

प्रकाशित : २०८१ कार्तिक ४ गते १३:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI