साथीहरु सँग पौडी खेल्न गएका बालकको खोलामा डुबेर मृत्यु

NAWALPUR TIMES

साथीहरु सँग पौडी खेल्न गएका बालकको खोलामा डुबेर मृत्यु
Dead 1561007018

कावासोती । साथीहरू सँग पौडी खेल्न गएका बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

कावासोती-३ बस्ने सुरज बिकको छोरा १३ वर्षीय शिशिर बिकको हसौरा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कावासोती -४ स्थित चिलाहा पुच्छरमा रहेको हसौरा खोलामा अन्य २ जना साथी सहित पौडी खेल्न गएका थिए । खोलामा डुबेर बेपत्ता भएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology