नवलपुरका कुन स्थानीय तहले केन्द्रबाट कति पाए अनुदान ?

NAWALPUR TIMES

नवलपुरका कुन स्थानीय तहले केन्द्रबाट कति पाए अनुदान ?
nawalpur 1

कावासोती । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउँदैछ । यसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ जाने छ ।

स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रुपैयाँ रहेको छ । सशर्त अनुदान २ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रुपैयाँ जाने अर्थ मन्त्रालयले जनाएको छ । समानीकरण अनुदानतर्फ महानगरपालिकामा २ अर्ब ५५ करोड, उपमहानगरपालिकामा ३ अर्ब १४ करोड, नगरपालिकामा ३८ अर्ब ४२ करोड र गाउँपालिकाहरुमा ४३ अर्ब ८८ करोड रुपैयाँ जाने छ ।

 

नवलपुरमा कुन स्थानिय तहलाई कति ?

नवलपुरमा सबै भन्दा धेरै बजेट कावासोती नगरपालिकाले पाउने देखिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्तगत कावासोती नगरपालिकाले समानिकरण अनुदानमा १७ करोड २० लाख, शर्सत अनुदानमा ४५ करोड २ लाख, विशेष अनुदानमा ३ करोड, समपुरक अनुदानमा १ करोड लाख गरेर कुल ६६ करोड २२ लाख बजेट पाउने भएको छ ।

त्यसै गरि गैडाकोट नगरपालिकाले समानिकरण अनुदानमा १६ करोड ७६ लाख, शर्सत अनुदानमा ३४ करोड ९७ लाख, विशेष अनुदनामा १ करोड २० लाख, गरि कुल ५२ करोड ९३ लाख, देवचुली नगरपालिकाले समानिकरण अनुदानमा १३ करोड ७० लाख, शर्सत अनुदानमा ४० करोड २२ लाख, विशेष अनुदानमा ९० लाख गरि कुल ५४ करोड ८२ लाख, मध्यविन्दु नगरपालिकाले समानिकरण अनुदानमा १५ करोड २५ लाख, शर्सत अनुदानमा ३९ करोड ७३ लाख, विशेष अनुदानमा २ करोड ६० लाख र समपुरक अनुदानमा १ करोड ३० लाख गरि कुल ५८ करोड ८८ लाख बजेट प्राप्त गर्ने भएका छन ।

त्यसै गरि गाउँपालिका तर्फ बौदीकाली गाउँपालिकाले समानिकरण अनुदानमा ७ करोड ९१ लाख, शर्सत अनुदानमा १८ करोड ८ लाख, समपुरक अनुदानमा १ करोड लाख गरेर २६ करोड ९९ लाख, बुलिङटार गाउँपालिकाले समानिकरण अनुदानमा ८ करोड १९ लाख, शर्सत अनुदानमा २४ करोड २१ लाख, विशेष अनुदानमा १ करोड ४५ लाख गरि कुल ३३ करोड ८५ लाख, विनयी त्रिवेणी गाउँपालिकाले समानिकरण अनुदानमा ११ करोड ६५ लाख, शर्सत अनुदानमा २८ करोड ४५ लाख, विशेष अनुदानमा ८५ लाख र समपुरक अनुदानमा १ करोड ५० लाख गरि ४२ करोड ४५ लाख तथा हुप्सेकोट गाउँपालिकाले समानिकरण अनुदानमा ९ करोड ८६ लाख,, शर्सत अनुदानमा २२ करोड ७२ लाख, विशेष अनुदानमा २ करोड ७५ लाख र समपुरक अनुदानमा १ करोड गरि कुल ३६ करोड ३३ लाख बजेट पाउने छन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology