कावासोती । सेन्टर कलेज फोर ब्रर्दशलाई १-० गोल अन्तरले हराउदैँ अठ्ठाइस बिगाहा युवा क्ल्ब छैटौं राईनो संरक्षण गोल्डकपको फाईनलमा पुगेको छ ।
अठ्ठाइस बिगाहाका समीर तामाङले ८५औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल साबित भयो ।
प्रतियोगिता अन्तर्गत बुधबार फाइनल खेलमा अठ्ठाईस विगाहा कावासोती र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछन भने सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित : २०८० फागुन ७ गते १८:३४
Facebook Comment