थारु राष्ट्रिय संग्रहालयको जग्गा भोगाधिकार प्रक्रिया तत्काल अगाडी बढाउन माग

NAWALPUR TIMES

थारु राष्ट्रिय संग्रहालयको जग्गा भोगाधिकार प्रक्रिया तत्काल अगाडी बढाउन माग
1705590369744

कावासोती  । नवलपुरको कावासोती-१६ मा रहेको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको जग्गाको भोगाधिकार प्रक्रिया तत्काल अगाडी बढाउन थारु संघ संस्थाहरुले संघ प्रदेश सरकार, स्थानीय तह लगाएतका सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छ्न ।

थारु जातीको ऐतिहासिक तथा पुरातात्विक महत्वका सामग्री संरक्षण गर्ने लक्ष्य राखी १७ वर्ष अगाडी स्थापना भएको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको जग्गाको भोगाधिकार अहिलेसम्म पनि प्राप्त नहुदाँ संस्थागत विकासमा बाधा परेकाले तत्काल संग्राहलयले चर्चेको जग्गाको भोगाधिकार प्रक्रिया अगाडी बढाउन थारु कल्याणकारी सभा, थारु राष्ट्रिय संग्राहलय अध्ययन केन्द्र, सिरथान कुमारवर्ती माई गुठी र थारु विद्यार्थी समाज नवलपुरले प्रेस विज्ञप्ति जारी गर्दै माग गरेका हुन ।

कावासोती-१६ डण्डामा पूर्वमा मध्यधिन्दु जिल्ला अस्पताल, पश्चिममा दलित सामुदायिक विकास केन्द्र, उत्तरमा मध्यविन्दु जिल्ला अस्पताल हुदै पीप्रेनी गाउँ जाने बाटो र दक्षिणमा पूर्व पश्चिम महेन्द्र राजमार्ग चार किल्ला करिव ५ हेक्टर जग्गामा तारबार गरी थारु समुदायको भाषा, संस्कार, संस्कृति आदि संरक्षण गर्न संग्राहलय तथा अध्ययन केन्द्र स्थापना गरिएको भए पनि जग्गाको भोगाधिकार नपाउदा विभिन्न तहबाट विनियोजित बजेट समेत फृज हुने गरेको र संस्थागत विकासमा बाधा परेको विज्ञप्तिमा भनिएको छ ।

संघ, प्रदेश, स्थानीय तह, थारु आयोग, राजनीतिक दल तथा सरोकारवाला सँग तत्काल वन नियमावली २०७९ अनुसार भोगाधिकार प्रक्रिया अगाडी बढाउन विज्ञप्तिमा माग गरिएको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology