कावासोतीको नगरसभा : विपन्न नागरिकको स्वास्थ्य बिमा कटौती, सल्लाहकारलाई १० लाख

NAWALPUR TIMES

कावासोतीको नगरसभा : विपन्न नागरिकको स्वास्थ्य बिमा कटौती, सल्लाहकारलाई १० लाख
received 7626605340702929

कावासोती । कावासोती नगरपालिकाको बुधबार सम्पन्न नगरसभाको १४ औं अधिवेशनले गएको असारमा सम्पन्न नगरसभाले छुट्टाएको विपन्न नागरिकको स्वास्थ्य बिमा योजनाको बजेट कटौती गरेको छ । गत असारमा सम्पन्न नगर सभाले विपन्न नागरिकको स्वास्थ्य बिमा शिर्षकमा विनियोजन गरेको ४ लाखको बजेट १४ औं नगरसभाले कटौती गरेको हो ।

त्यसै गरि नगरसभाले राजनीतिक तथा कानुनी सल्लाहकारको सेवा सुविधाका लागि छुट्टाईएको बजेट कटौती गरेर १० लाख कायम गरेको छ ।

यसै बिच नगरपालिकाले ऐन विपरीत शाखा अधिकृत सरह तलब भत्ता दिने गरेर राजनीतिक सल्लाहकार राख्ने निर्णय विवादित भए पछि राजनीतिक सल्लाहकार रामकृष्ण ढुंगानाले गएको भदौ १७ गते नगरप्रमुखको राजनीतिक सल्लाहकारको पदमा रहदा सम्म सेवा सुविधा नलिने घोषणा गरेको भए पनि यहि शिर्षकमा रहेको १५ लाख बाट घटाएर १० लाख कायम गरेको हो ।

गएको जेठ २२ गते नगरप्रमुखको कानुनी सल्लाहाकार टिम ३ जनाको र एक जना राजनीतिक सल्लाहकार राख्ने नगरपालिकाले निर्णय गरेको थियो ।

त्यसै गरि नगरसभाले केरुङ्गे खोला तटबन्ध सहितको करिडोरको डिपिआरका लागि छुट्टाईएको २० लाख, पर्यटन गुरु योजनाका लागि छुट्टाईएको १५ लाख, रिङ्ग रोड डिपिआर को १० लाख, लामिचौर होमस्टे पर्यटन पुर्वाधारको २५ लाख, रिङ्गरोड क्रमागतको १ करोड, सडकबत्ती जडानको ५० लाख, टोलविकास संस्थाको १७ लाखको योजना कटौती गरेको छ ।

बुधबार सम्पन्न नगरसभाले समग्रमा ९ करोड ५६ लाखको योजनामा ७ करोड ३४ लाख ५० हजारको योजना कटौती गरेर २ करोड २१ लाख ५० हजारको योजना कायम गरेको हो ।

नगर सभामा नगर उपप्रमुख फुल कुमारी थनेतद्वारा प्रस्तुत संशोधन प्रस्तावबाट उक्त योजना काटौती गरिएको हो । साथै नगर सभाले आर्थिक ऐन, २०८० को पहिलो संशोधन प्रस्तावबाट निजी संस्थागत निर्माणकर्ताहरुलाई नगरपालिकामा दर्ता हुदाँ ५ हजार र व्यक्तिगत रुप दर्ता हुदाँ ३ हजार ५ सय शुल्क लाग्ने तथा निजी निर्माणकर्ताहरुले नगरपालिकाले तोकेको भवन निर्माण मापदण्ड विपरित कार्य गरेमा रु १५ हजार जरीवान तोक्ने निर्णय गरेको छ ।

नगर सभामा बोल्दै नगर प्रमुख बिष्णु प्रसाद भुसालले प्रदेश र केन्द्रबाट प्राप्त हुने रकम प्राप्त हुन नसक्दा बजेट कटौती गर्न परेको बताएका हुन ।

यी हुन काटिएका योजनाहरु

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology