मलामी गएका पुरुष नारायणीमा डुबेर बेपत्ता

NAWALPUR TIMES

मलामी गएका पुरुष नारायणीमा डुबेर बेपत्ता
received 1019319995954417

कावासोती । मलामी गएका पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छ्न ।

बिहिबार कावासोती-१३ स्थित भोसरघाटमा मलामी गएका कावासोती-७ का ४० वर्षीय खेमनारायण महतो नारायणीमा डुबेर बेपत्ता भएका हुन ।

मलामी गएका महतो साथीहरु सँग पौडी खेल्ने क्रममा डुबेत बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

महतो डुबेर बेपत्ता भए पछि स्थानिय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतको टोलिले खोजी गरे पनि उनी फेला पर्न नसकेका हुन ।

बिहिबार साँझ अबेर सम्म फेला नपरे पछि शुक्रबार गोताखोरको सहयोगमा खोजी सुरु गरिने प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology