हर्कपुरमा विङ्गर गाडी दुर्घटना : १४ जना घाईते

NAWALPUR TIMES

हर्कपुरमा विङ्गर गाडी दुर्घटना : १४ जना घाईते
IMG 20231003 WA0000

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट- कावासोती खण्डमा पर्ने हर्कपुरमा विङ्गर गाडी दुर्घटना हुँदा चालक सहित १४ जना यात्रु घाईते भएका छ्न ।

नारायणघाट बाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नं को विङ्गर गाडी आफै अनियन्त्रित भएर पल्टिएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

गाडी मा सवार १५ यात्रु मध्य चालक सहित १४ जना घाईते भएका मा १३ जनाको गैंडाकोट नगर अस्पताल भेडाबारीमा उपचार भैरहेको र १ जनालाई थप उपचारका लागी भरतपुर पठाईएको डिएसपी पौडेलले प्रारम्भिक जानकारी दिए । घाइतेको थप विवरण आउन बाकी रहेको पौडेलले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology