कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट- कावासोती खण्डमा पर्ने हर्कपुरमा विङ्गर गाडी दुर्घटना हुँदा चालक सहित १४ जना यात्रु घाईते भएका छ्न ।
नारायणघाट बाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नं को विङ्गर गाडी आफै अनियन्त्रित भएर पल्टिएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
गाडी मा सवार १५ यात्रु मध्य चालक सहित १४ जना घाईते भएका मा १३ जनाको गैंडाकोट नगर अस्पताल भेडाबारीमा उपचार भैरहेको र १ जनालाई थप उपचारका लागी भरतपुर पठाईएको डिएसपी पौडेलले प्रारम्भिक जानकारी दिए । घाइतेको थप विवरण आउन बाकी रहेको पौडेलले बताए ।
प्रकाशित : २०८० असोज १६ गते १८:५०
Facebook Comment